News Category 2081/02/31
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
सामुदायिक विद्यालयहरुमा लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतना दिने उद्देश्यले बुधबारदेखी पाँच दिने तालिम शुरु भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकाको सहयोगमा फेडरल इन्स्टिच्युट अफ पोलिसी स्टडिजको समन्वयमा पालिकाको पाँच मावि तथा उच्चमाविमा सो तालिमको आयोजना गरिएको हो ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीले श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहामा तालिमको उद्घाटन गर्दै विद्यालयका बालबालिकाहरुलाई लागुऔषध जस्तो कूलतमा नलाग्न जनचेतना दिने उद्देश्यले विद्यालय स्तरमा तालिमको व्यवस्ता गरिएको बताईन् । उनले समाजमा लागुऔषध सेवन गर्नेको अवस्था भयावह हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दे बालबालिकालाई यसप्रति सचेत हुन नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
तालिमको पहिलो दिन वडा नं. १ स्थित मावि खोक्सर प्रवाहका एक सय जना विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको छ ।
कार्यक्रम संयोजक निरज मंडलको अध्यक्षतामा आयोजित तालिम उद्घाटन सत्रमा वडा अध्यक्ष जिवछ साह, प्रधानाध्यापक रिता चौधरी, नगरपालिकाका योजना प्रमुख देवनारायण साह, व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादव, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ