News Category 2081/02/31

रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 

दैनिक समाचारदाता

रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।

    राजविराज वडा ३ स्थित राजदेवी सडक खण्डमा एउटा बिशाल रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किएको छ । 
    एक साता अघि आएको हावाहुरीले उक्त रुखको हांगा भाचेर विजुलीको तारमा अड्किएको हो । त्यस्तै सो रुखको जडा कमजोर भई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । जसकारण सो सडक खण्डमा दुर्घटनाको जोखिम पनि बढेको छ ।
    सडकको उत्तरपट्टी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसर तथा सडक किनारमा आधीआधी जडा रहेको अति पुरानो सो रुख कुनै बेला पनि ढल्ने अवस्थामा रहेको स्थानीयहरुले बताएका छन् । 
    सो मार्गबाट दैनिक सयौं सवारीसाधन र पैदलयात्री ओहोरदोहोर गर्छन् । यसबारे भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, विद्युत प्राधिकरण, वडा कार्यालय र राजविराज नगरपालिकाको जिम्मेवार अधिकारीलाई स्थानीयले जोखिमबारे जानकारी गराउँदा पनि कुनै चासो देखाएका छैनन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट