News Category 2081/02/31
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
काम गरेको लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुले बिहीबार राजविराजस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ताला लगाएका छन् ।
निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झाको अगुवाईमा निर्माण व्यवसायीहरुको टोलीले सो ताला लगाएका हुन् ।
उक्त कार्यालयको नयाँ भवन निर्माणको ठेक्का पाएका राधा कृष्ण निर्माण सेवाले रनिङ्ग बिल लामो समयसम्म नपाएको तथा कार्यालय प्रमुखले विभिन्न बहानामा आलटाल गर्ने गरेकोले तालाबन्दी गर्नु परेको निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिषचन्द्र झाको भनाई छ ।
स्थानीयले ठेकेदार कम्पनीद्वारा हाल सम्म भए÷गरेको निर्माण कार्यको प्राविधिकबाट चेक जाँच मुल्याङ्कन गराई ठेकेदार कम्पनीले पाउनु पर्ने उचित रकम भुक्तानी गर्न उनले माग गरे ।
उनले यसबारे तीन दिन अघि नै सम्बन्धित निकायलाई जानकारी गराइसकेको तथा कतैबाट चासो नदेखाएकाले अनिश्चित्कालिन तालाबन्दी गरिएको बताएका छन् ।
राधा कृष्ण निर्माण सेवाका प्रतिनिधी विनोद साफीले काम गरेको बिलको भुक्तानी समयमा नपाउँदा भवनको बाँकी काम रोकिनुका साथै आपूmहरु समस्यामा परेको बताए ।
बि.स. २०७९ माघ २२ गते पिपिएमओले कार्यालय भवन निर्माणका लागी इविडिङमार्फत आफुलाई ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयामा ठेक्का दिएको बताए । ठेक्का सम्झौता अनुसार २०८१ असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । तर, हालसम्म गरेको काम अनुसारको बिलको झुक्तानी नपाउँदा समस्यामा परेको उनको भनाइ छ । उनले हाल सम्म काम सम्पन्न गरेको ६६ लाख २६ हजार ५ सय रुपैयाको भुक्तानीका लागी गत असोज ३० गते नै सबै कागजात पेश गरिसके पनि विभिन्न बहानामा कार्यालय प्रमुख र लेखापालले आलटाल गर्दै आएको गुनासो पोखे ।
यस विषयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्रमुख डा.राम पवित्र दासले भवन निर्माण प्रक्रियाको विषयलाई लिएर जिल्ला कै अर्का प्रतिष्पर्धी निर्माण कम्पनी श्री राम निर्माण सेवाले अख्तियारमा उजुरी दिएको बताए ।
अख्तियारमा उजुरी परिसकेपछि भुक्तानी दिए आफु पनि फसिने डरले लेखापालले चेक बनाउन नमानेकाले भुक्तानीमा समस्या भएको उनको कथन छ । यद्धपी समस्या समाधानका लागी आफुले पहल गरिरहेको उनले जानकारी दिए ।
यता निर्माण व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयबाट प्रदान हुने सबै सेवा ठप्प भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ