News Category 2081/03/01
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
एक महिलाले सुस्तमनस्थिति भएका आफ्नो छोराको औषधी उपचार गराउन नसकेर फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी छिन ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरी आफनो माइला छोरा २२ वर्षिय प्रविणलाई विगत ५ वर्षदेखी यसरी फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी हुन् ।
आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर विगत ५ वर्ष देखी खुट्टामा सिक्री बाँधेर छोरालाई राख्नु परेको आमा एश्वरीको भनाइ छ । सुस्त मनस्थिती भएका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर झैगडा नगरोस् भनेर सिक्रीमा बाँधेर घर भित्र राख्ने गरेको उनले बताइन् ।
१७ वर्षको उमेर हुदा अचानक छोरा सुस्त मनस्थिती रोगले पीडित भएको उनको भनाई छ । सो विपतले आफूलाई परेको तनाव कम नहुँदै त्यसको केही दिनपछि नै जेठो छोरा रविन पनि वेपत्ता भएको उनले बताइन् । रवीनको अवस्था हालसम्म अज्ञात छ ।
कान्छो छोरा संतोष भने हाल काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । एउटा छोरा सुस्त मनस्थितीले विरामी र अर्काे वेपत्ता भएपछि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि चौधरी परिवारमा अर्को विपत्ति आइप¥यो । छोराहरुको शोक मै उनको निधन भएको एश्वरी बताउँछिन । परिवार चलाउने एकमात्र अभिभावक पनि नरहेपछि घर व्यवहार चलाउन समस्या भएको उनले बताईन ।
प्रविण बाँधेकै स्थानमा शौच गर्छन । हातखुट्टा राम्रोसंग नचल्ने भएकाले आमाले नै नुहाई धुवाई, लुगा फेर्ने र खाना खुवाइ दिने सम्मको काम गर्न परेको छ । ५ वर्षको अवधिमा एक पल्ट सिक्री खोल्दा भागेको र एक जना गाउँलेलाई लठ्ठीले हिर्काएर घाइते बनाइदिएपछी २४ सैं घण्टा बाँधेर राख्न थालिएको उनले सुनाईन ।
अहिले अर्काको खेतमा मजदुरी गरेर परिवार धान्दै आएकी उनले आर्थिक अभावले उपचार गर्न नसकेको लाचारी ब्यक्त गरेकी छिन । १५÷१६ वर्ष सम्मका हुदाँ छोरा स्वस्थ्य र फुर्तिलो भएपनि १७ वर्षको लाग्दा अचानक समस्या देखिन थालिएको उनले बताईन ।
रकम अभावमा बेलैमा उपचार गराउन नसकेर अहिले यसरी बाँधेर राख्नु परेको उनको भनाइ छ । खाटको छेउमा रहेको बासको खुट्टामा बाँधेर राखेको छोरालाई देखाउँदै उनले भनिन्–“गरिब भएपछी आपूmले जन्माएको छोरालाई गाइवस्तु जसरी बाँधेर राख्नु परेको छ ।”
सम्पतीको नाममा उनको ३ धुरमा बनेको फुसको २ वटा झुप्रो छन । समस्या परेका वेला सोही जग्गा देखाएर उनले गाउँ कै एक बचत सहकारी संस्थाबाट ५ हजार ५ सय रुपैया ऋण सापटी पनि लिएकी छिन ।
उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागी सबैसँग सहयोगको याचना गरेकी छिन । उनले सहयोगका लागी ९८११३४७४१९मा सम्पर्क गर्न समेत सबै संग आग्रह गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ