News Category 2081/03/01
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
राजविराज÷नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी दिनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुनै सहकार्य वा गठबन्धन हुन नसक्ने संकेत गरेका छन् ।
शनिवार राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा संचारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो गरेका हुन् ।
जसपा अध्यक्ष यादवले काँग्रेसले लगाएको सबै गुण विर्सेर हालै सो पार्टीको जनकपुरमा सम्पन्न महाधिवेशनमा काँग्रेसप्रति जुन दृष्टिकोण सार्वजनिक गरेको छ त्यो साह्रै आपत्तिजनक छ, नेता पौडेलले भने, “यसलाई हामीले बडो गम्भिरतापूर्वक लिएका छौ ।”
उनले जसपासँग भावी दिनमा सहकार्य नगर्ने विषयमा अब बस्ने केन्द्रीय समितिको बैठकमा जोडदार रुपमा कुरा उठने बताए ।
उनले उपेन्द्र यादव र काँगे्रस नेतृत्वले चाहेर पनि भविष्यमा जसपा नेपालसँग सहकार्य नहुने भन्दै यसबारे पार्टी भित्र पनि एउटा स्पष्ट विचार र धारणा बनिसकेको जनाए । संघीय र प्रदेश सरकार फरक फरक परिस्थितिमा बन्ने गरेकाले संघमा बन्ने गठबन्धन प्रदेशमा लादनु संघीयताका लागि घातक हुने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका उनले संघीयता र नयाँ संविधान ल्याउने दलहरु नै अधिकार, संघीयता र संविधान कार्यान्वयन गर्ने सवालमा गतिशिलता र इच्छाशक्ति नदेखाउँदा आन्दोलनबाट आएको परिवर्तनको अनुभुति आम जनताले गर्न नपाइरहेको बताए । उनले वर्तमान सरकारलाई बोल्ने धेरै तर काम केही न नगर्ने सरकारको संज्ञा दिदै बोलेको कुरा पुरा गर्न समेत आग्रह गरे । सो अवसरमा नेपाली काँगे्रस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ