News Category 2081/03/04
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे

दैनिक समाचारदाता
राजविराज, ४ असार ।
केही दिनअघि मात्र लोसपा परित्याग गरेका सो पार्टीका केन्द्रिय सहसचिव गजेन्द्र मण्डलले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति अभियानमा जुडेका छन् ।
मंगलबार सामाजिक संजालमार्फत एक तस्बिर पोष्ट गरेर उनले लेखेका छन्, “आजदेखि विधिवत रुपमा यहिंबाट जनताको सेवा गर्ने निर्णय गरेको छु । सबैको माया, ममता र आशिर्वाद पाउनेमा विश्वस्त छु ।” उनले आफ्नो राजनीतिक यात्राबारे लेख्दै भनेका छन्, “रामसपादेखि राजपाहुदै जसपा र जसपाबाट लोसपाको यात्रामा साथ र सहयोग गर्नु हुने सबै राजनीतिक मित्रहरूलाई धन्यवाद । परिवर्तनको आशा बोकी केहि समय सशस्त्र आन्दोलनमा पनि होमिए तर, त्यहि क्रममा विश्वको सशस्त्र आन्दोलनहरुको इतिहास पढ्दा यसले खासै गति लिने अवस्था नदेखेपछि मुलधारको शान्तिपूर्ण आन्दोलनमा पुनः संलग्न भए त्यस यता विगत १२ वर्षको राजनीतिक यात्रामा जुन खालको राजनीति देखियो त्यसले समाजमा खासै जनताले अनुभुत गर्ने खालको परिवर्तन सम्भव देखिएन ।”
उनी अगाडी लेख्छन्, “अधिकार र पहिचानको निम्ति धेरै संघर्ष र आन्दोलन गरियो तर त्यसले जनताको आशा जगाउने भन्दा बढी निराशा बढायो । जसले गर्दा मधेशी र उत्पीडित जाति र समुदाय मात्रै होइन सारा नेपाली जनता नै निराश छन । त्यसकारण सबै नेपाली जनता र खासगरी मधेशी जनताको ओठमा खुशी देख्न र सबै उत्पीडित समुदायको हक, अधिकार र पहिचान स्थापित गर्ने उदेश्यले मधेशवादका प्रणेता राजेन्द्र महतोले जुन अहिले विकल्प सहितको बिद्रोह भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान अगाडि बढाउनु भएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ