News Category 2081/03/07
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बेथिति बिरुद्ध १४ बुँदे माग अघि सार्दै स्थानीय चार दल आन्दोलित भएका छन् ।
ंनेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि आन्दोलन थालेका हुन् ।
शुक्रबार डाक्नेश्वरी नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलनको आयोजना गरि चार दलले पहिलो चरणको आन्दोलन कार्यक्रमको घोषणा समेत गरेका छन् ।
जसअनुसार असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । संघर्ष समितिले पत्रकार सम्मेलनमा १४ बुँदे माग समेत अघि सार्दै सो अवधीमा पनि सम्बोधन नगरि दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेपाली काँग्रेसका नगर सभापति नारायण यादवले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधिहरुको वेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए । उनले नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिका भित्र व्यापक आर्थिक अनियमितता भएको र सो कार्यमा प्रमुख प्रशासकीय अधिकृतले साथ नदिदा उनलाई समेत गालिगलौज र कार्यालय नआउन धम्की दिन थालिएको बताए । उनले नगर प्रमुख मुखिया पालिकालाई एमालेको कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको दोषारोपन गर्दै विभिन्न तहका कर्मचारी नियुक्तिमा समेत अनियमितता भएको दाबी गरे ।
संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथी कारवाही गर्न माग गरेको छ ।
यस्तै आ.ब. २०७९÷८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, आ.ब. २०७९÷८० र २०८०÷८१ मा खरीद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, २०८०÷८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
यस्तै राजनैतिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, कर्मचारीलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ ।
पत्रकार सम्मेलनमा जसपाका स्थानीय नेता तथा जसपा नगर समितिका अध्यक्ष लक्षण साह, बेचु साह, राजेश्वर राय, माओवादी केन्द्रका भुलाई राम, नेपाली काँग्रेसका भगवती प्रसाद यादव, लोसपाका नगर अध्यक्ष रामसागर मण्डल र सो पालिकाका वडा अध्यक्ष सत्रुधन मण्डल, भोगेन्द्र यादव र कुशेश्वर यादवको पनि उपस्थिति रहेको थियो ।
यता डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले नगरपालिका भित्र कुनै आर्थिक अनियमितता नभएको र विपक्षिले अनावश्यक रुपमा बखेरा झिकेको बताएका छन् ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उत्कर्षमा पुगेको बेला चार राजनीतिक दल पनि मेयर रामलखन मुखिया बिरुद्ध आन्दोलित भएका हुन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्णले आफू नगर प्रमुखबाटै असुरक्षित भएको भन्दै जिउँज्यानको रक्षा र कार्यालयमा काम गर्ने वातावरणका लागि स्थानीय प्रशासन समक्ष निवेदन बुझाएको भोली पल्टै शुक्रबार चार राजनीतिक दल पनि नगर प्रमुख मुखिया बिरुद्ध आन्दोलनमा उत्रेका छन् ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत कर्णले नगर प्रमुख मुखियासहित केही वडा अध्यक्षले रोजगार संयोजक र रोजगार सहायक पदको विज्ञापन र पदपूर्तीको विषयलाई लिएर आफूमाथी अभद्र व्यवहार गर्नुका साथै कार्यालय नआउन धम्की समेत दिएकाले सुरक्षा व्यवस्थाका लागि उनले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसमक्ष निवेदन पेश गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ