News Category 2081/03/09
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको सप्तकोशी नगरपालिकास्थित मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक चौधरीको आइतबार बिहान निधन भएको छ ।
हृदयघात भएपछि उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका ५६ वर्षिय चौधरीको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो ।
उनकोे पार्थिव शरीरमा सहकारी अभियान्ता विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक गणेश आश लगायतले सहकारीको झण्डा ओढाएर लस्श्रद्धाञ्जली अर्पण गरेका थिए ।
फत्तेपुरस्थित आशा डिजिटल स्टुडियो एण्ड कलर ल्याबका प्रोप्राइटर समेत रहेका चौधरी सप्तरी फोटोग्राफर परिवार संघका सदस्य समेत हुन् । उनको निधनले संघलाई अपुरणीय क्षति भएको सप्तरी फोटोग्राफर संघका जिल्ला अध्यक्ष रमेश कुमार राउतले बताएका छन् ।
उनले चौधरीको शोकमा सोमबार सप्तकोशी नगरपालिका भित्रका सम्पूर्ण फोटो स्टुडियो दिनभर र जिल्लाभरिका बाँकी फोटो स्टुडियोहरु मध्यान्ह १२ बजेसम्म बन्द रहने जानकारी दिए ।
नेपाली कांग्रेससँग आवद्ध सप्तकोशी नगरपालिका वडा नं. २ निवासी चौधरी सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष समेत थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ