News Category 2081/03/10
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० असार ।
नेकपा एकिकृत समाजवादी पार्टीको महाधिवेशनलाई लक्षित गर्दै राजविराजमा समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तक्रिया गरिएको छ ।
समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीले सोमबार आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष विष्णुकुमार मण्डले १६ औं शताब्दीमा आएको समाजवादको नारा अहिले २१ शताव्दीसम्म आएपनि त्यो नारामै सिमति भएको बताए ।
समाजवादको कुरा सबै दलले गर्ने गरेको तर, व्यवहारमा कुनै पनि दलले समाजवादको सिद्धान्तलाई अंगिकार गर्न नसेकोप्रति टिप्पणी गर्दै उनले भने, ‘१६ औं शताब्दी अहिलेसम्म समाजवादलाई डेन्टिङ्ग पेन्टिङ्ग गर्ने काम मात्र भएको छ ।’
कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका स्कूल विभाग प्रमुख आशिष घिमिरेले समाजवाद र प्रेस स्वतन्त्रता बारे मौखिक रुपमा कार्यपत्र प्रस्तुत गर्दै गर्दे पत्रकारिता माथि विभिन्न नाममा अंकुश लगाउने काम भईरहेको उल्लेख गरे । उनले विभिन्न मिडिया हाउसका मालिकहरुले श्रमजिवी पत्रकारको तलब रोकेर घर जग्गा खरिदमा लगाउने गरेको आरोप समेत लगाए ।
घिमिरेको कार्यपत्रमा टिप्पणी गर्दै प्रेस मञ्चका महासचिव अवधेश कुमार झाले भस्लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका पत्रकारहरुलाई राजनैतिक नेतृत्वले पाखा लगाएको बताए ।
उनले जनआन्दोलनलाई सफल बनाउन अनेक पीडा भोगेका पत्रकारहरुलाई अहिले पनि समाचारका कारण धम्की तनाव खेप्नु परेको प्रति दलहरु उदासिन रहेको उनको भनाई थियो ।
अन्तरक्रियाको उद्देश्य बारे जानकारी गराउँदै पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले यस कार्यक्रमबाट आएका टिप्पणी र विचारलाई महाधिवेशमा लगेर पारित गराउने जानकारी दिए । समाजवाद र प्रेस स्वतन्त्रताको सबालमा महाधिवेशन छलफल गरी दस्तावेजमा उल्लेख गरेर अगाडी बढ्ने आश्वासन दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले यहाँका राजनीतिक दलहरुले समाजवादको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचे जस्तै गरेको टिप्पणी गरे । उनले अहिले लोक कल्याणकारी विज्ञापन रोकेर स्वरोजगारमूलक मिडियालाई समाप्त पार्न खोजेको तर कुनैपनि दलले त्यस विषयमा अवाज नउठाउनु दुःखद भएको बताए ।
प्रेस युनियनका अध्यक्ष विनय कुमार लाल कुमार लाल कर्णले नेपालमा समाजवाद ल्याउने विपी कोईरालाले २०१२ सालमा विरगन्जमा भएको नेपाली काँग्रेसको आधिकारिक दस्तावेदमै उल्लेख गरेको बताउँदै २०१७ सालमा महेन्द्रको कु पछि विपीको समाजवादी सिद्धान्त नै अलपत्र भएको बताए । उनले अहिले राप्रपा बाहेका सबैदलको विधानमा समाजवाद उल्लेख भएको तर कसैले पनि त्यसलाई कार्यान्वयन नगरेको तर्क गरे ।
राजनीतिक दलहरु सिंहासनमा पुगेपछि पुर्ण प्रेस स्वतन्त्रता र श्रमजिवी पत्रकारलाई विर्सेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता पत्रकारको अनुकूलको नभएको बताए । ‘विभिन्न मंचबाट दलका नेताहरुले प्रेस स्वतन्त्रताको कुरा गर्ने तर, सत्तामा पुगेपछि अंकुश लगाउने काम गर्दे आएको छ’ कर्णले भने ।
समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेलको अध्यक्षताम आयोजित कार्यक्रमा प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका प्रकाश खतिवडा र देवराम यादवलाई सम्मान गरिएको छ भने नेकपा एसका केन्द्रिय सदस्य उषा पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष दिनानाथ यादव लगायतकाले मन्तब्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ