News Category 2081/03/11
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
इस्लामी संघ नेपालले मदिरा तथा लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान मंगलबारदेखी सुरु गरेको छ ।
नशालु तथा लागु औषधको प्रयोग आफैमा अपराध हुनुका साथै अन्य धेरै अपराधहरुको जननी हो भन्दै इस्लामी संघ नेपालले अभियानमार्फत यस बिरुद्ध जनचेतना फैलाउन लागेको जनाएको छ ।
मंगलबार राजविराजमा आफ्नो अभियान बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरि संघका मधेश प्रदेश अध्यक्ष अब्दुल मनानले पाँच दिने अभियान अन्तरगत विद्यालयका बालबालिका तथा बस्ती बस्तीमा जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
उनले अभियान अन्तरगत मंगलबार पत्रकार सम्मेलन तथा बुधबार आधारभूत केन्द्र न. ६ राजबिराज र बसबिट्टि मुसहरनिया, बिहीबार हनुमाननगर र राजदेवी मा.बि., शुक्रबार बेल्हि भंसार र शनिबार रुपनगर, कंचनपुर र बरमझियामा बिद्यार्थी तथा आमजनतलाई मदिरा तथा लागुऔषध बिरुद्धको जनचेतना दिने कार्यक्रम रहेको जानकारी दिए ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष मनानले मदिरा तथा लागुऔषध बिरुद्ध सरकारको नीति प्रष्ट नरहेकोले यस्ता बिकृतीले प्रोत्साहन पाइरहेको आरोप लगाए । “सरकारले लागुऔषधलाई प्रतिबन्धित ठह¥याउछ, तर सूर्तीजन्य पदार्थको हानिकारक प्रभावहरुको जानकार हुँदाहुँदै अल्प आर्थिक लाभका लागि चुरोट र खैनीको प्याकमा “स्वास्थ्यका लागि हानिकारक छ” भनी लेख्न लगाउनु भनेको ती पदार्थहरुको उत्पादक कम्पनीलाई दर्ता गरेर त्यस्ता पदार्थ उत्पादन गर्न आधिकारिक अनुमति पनि दिने ।” उनले भने, “यो त ठाडै बिरोधभाष हो, त्यसैले यसको बिरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरिएको हो ।”
मादक तथा लागु पदार्थको उत्पादन, ब्यापार, आयात र निकासीमा कडा प्रतिबन्ध लगाउन सरकारसमक्ष माग गर्दै उनले त्यस्ता कम्पनीको दर्ता खारेज गरी उपयोगी खाद्यपदार्थ उत्पादनमा संलग्ना गराउन आग्रह समेत गरे ।
सोही पत्रकार सम्मेलनमा कलिम खाँ, युसुफ अलीका साथै अभियानमा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ