News Category 2081/03/12
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
बुधबार बिहान ४ बजेदेखी भएको भारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी घर डुवानमा परेका छन् ।
खाँडो नदीको बाढी पस्दा सप्तरीको रुपनी गाउँपालिका वडा १ मा ५० भन्दा बढी घर डुवानमा परेको छ । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलका अनुसार बाढीले शम्भुनाथ नगरपालिकाको सीमामा रहेको तटबन्ध भत्काएर बस्तीमा प्रवेश गरेपछि सो वडाका ५० भन्दा बढी घर डुवानामा परेकोछ ।
उनले चुरेको संरक्षण नभएको भन्दै यस अघि पनि पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिएको गुनासो समेत गरे । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बुधबार बिहान ५ बजेको समयमा खाँडो नदीले खतराको संकेत पार गरिसकेको जनाएपछि सो वडाका वासीन्दा सचेत भएकोले मानविय क्षति भने हुन नपाएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
यसैबीच गाउँपालिका अध्यक्ष यादवले बाढी पीडितहरुलाई बुधबारै राहत सामाग्रि समेत बितरण गरेको विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति मिथिलेश कुमार यादवले जानकारी दिएका छन् ।
यस्तै भारी वर्षाले शम्भुनाथ नगरपालिकाको वडा नं. २, कंचनरुप नगरपालिकाको वडा नं. ३ र ११, तिरहुत गाउँपालिकाको वडा नं. १ र २, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र राजविराज नगरपालिकाको विभिन्न वडाका गरि ५० भन्दा बढी घर डुवानमा परेको छ ।
राजविराज नगरपालिकाका विभिन्न वडाका गरि ५० भन्दा बढी घरमा ३ फिट सम्म पानी जमेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हटिया लाग्ने स्थानसँगै आफूहरुको घरआंगनबाट समेत कोशी बगिरहेको स्थानीयवासी कुशेश्वर यादवले बताए । घरमा पानी छिरेपछि केही सामान लिएर आफन्तकहाँ आश्रय लिन बाध्य भएको उनले सुनाए ।
खाँडो नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही, सकरपुरा र सरदार टोलका दुई दर्जन घर डुबेका छन् । बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
उनले बुधबारको अबिरल बर्षाको कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जितानदीको बाढीले वडा नं. ७ नवटोलियाको सरदार बस्ती डुबानमा परेको छ । बाढीको कारण सरदार बस्तीको २५ घरमा बाढी पस्दा जनजीवन कष्टकर भएको छ । पानीले जिता नदीमा बाढी आउँदा सरदार टोलको जनजीवन अस्तब्यस्त भएको हो । जिता नदीमा आवतजावतको लागि गाउँपालिकाले निर्माण गरेको बाँसको पुल (चचरी) बगाएको छ । चचरी बगाउँदा सरदार बस्तीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
यसैगरी जितानदीले वडा नं. ७ मै बाँध भत्काउँदा वडा नं. ५ को. बर्साइनको करिब दुई सय विघा जग्गा डुबानमा परेको छ । बाँध भत्काएर बाढी पस्दा रोपाई गरिएको खेत डुबानमा परेको छ । जिता नदीले तीन ठाउँमा बाँध भत्काएको छ ।
खाँडो नदीकै बाढीले कंचनरुप नगरपालिका १ मा पर्ने वैरवा–पोर्ताहा सडक खण्डमा ठाउँ ठाउँमा सडक क्षतिग्रस्त बनाएको स्थानीयवासी उपेन्द्र महतोले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बाढीको जोखिममा रहेका सबै स्थानमा सम्बन्धीत पालिका प्रमुखसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भइ आवश्यक काम गरिरहेको बताएका छन् । उनले वर्षाले विभिन्न पालिकाका घरहरु डुवानमा परे पनि मानविय क्षति भने नभएको जनाएका छन् । उनले महुली खोलाको बाढीले कंचनरुप नगरपालिकामा २ सयमिटर तथा तिरहुत गाउँपालिकामा १ सय मिटर बाँध भत्काएको जानकारी समेत दिएका छन् ।
यता लगातारको वर्षाले खाँडो, सप्तकोशी, त्रियुगा, खडक, जिता लगायतका नदी खोलामा जलसतह बढ्दै गएकोले आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ