News Category 2081/03/12
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
बुधबार बिहान ४ बजेदेखी भएको भारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी घर डुवानमा परेका छन् ।
खाँडो नदीको बाढी पस्दा सप्तरीको रुपनी गाउँपालिका वडा १ मा ५० भन्दा बढी घर डुवानमा परेको छ । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलका अनुसार बाढीले शम्भुनाथ नगरपालिकाको सीमामा रहेको तटबन्ध भत्काएर बस्तीमा प्रवेश गरेपछि सो वडाका ५० भन्दा बढी घर डुवानामा परेकोछ ।
उनले चुरेको संरक्षण नभएको भन्दै यस अघि पनि पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिएको गुनासो समेत गरे । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बुधबार बिहान ५ बजेको समयमा खाँडो नदीले खतराको संकेत पार गरिसकेको जनाएपछि सो वडाका वासीन्दा सचेत भएकोले मानविय क्षति भने हुन नपाएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
यसैबीच गाउँपालिका अध्यक्ष यादवले बाढी पीडितहरुलाई बुधबारै राहत सामाग्रि समेत बितरण गरेको विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति मिथिलेश कुमार यादवले जानकारी दिएका छन् ।
यस्तै भारी वर्षाले शम्भुनाथ नगरपालिकाको वडा नं. २, कंचनरुप नगरपालिकाको वडा नं. ३ र ११, तिरहुत गाउँपालिकाको वडा नं. १ र २, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र राजविराज नगरपालिकाको विभिन्न वडाका गरि ५० भन्दा बढी घर डुवानमा परेको छ ।
राजविराज नगरपालिकाका विभिन्न वडाका गरि ५० भन्दा बढी घरमा ३ फिट सम्म पानी जमेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हटिया लाग्ने स्थानसँगै आफूहरुको घरआंगनबाट समेत कोशी बगिरहेको स्थानीयवासी कुशेश्वर यादवले बताए । घरमा पानी छिरेपछि केही सामान लिएर आफन्तकहाँ आश्रय लिन बाध्य भएको उनले सुनाए ।
खाँडो नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही, सकरपुरा र सरदार टोलका दुई दर्जन घर डुबेका छन् । बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
उनले बुधबारको अबिरल बर्षाको कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जितानदीको बाढीले वडा नं. ७ नवटोलियाको सरदार बस्ती डुबानमा परेको छ । बाढीको कारण सरदार बस्तीको २५ घरमा बाढी पस्दा जनजीवन कष्टकर भएको छ । पानीले जिता नदीमा बाढी आउँदा सरदार टोलको जनजीवन अस्तब्यस्त भएको हो । जिता नदीमा आवतजावतको लागि गाउँपालिकाले निर्माण गरेको बाँसको पुल (चचरी) बगाएको छ । चचरी बगाउँदा सरदार बस्तीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
यसैगरी जितानदीले वडा नं. ७ मै बाँध भत्काउँदा वडा नं. ५ को. बर्साइनको करिब दुई सय विघा जग्गा डुबानमा परेको छ । बाँध भत्काएर बाढी पस्दा रोपाई गरिएको खेत डुबानमा परेको छ । जिता नदीले तीन ठाउँमा बाँध भत्काएको छ ।
खाँडो नदीकै बाढीले कंचनरुप नगरपालिका १ मा पर्ने वैरवा–पोर्ताहा सडक खण्डमा ठाउँ ठाउँमा सडक क्षतिग्रस्त बनाएको स्थानीयवासी उपेन्द्र महतोले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बाढीको जोखिममा रहेका सबै स्थानमा सम्बन्धीत पालिका प्रमुखसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भइ आवश्यक काम गरिरहेको बताएका छन् । उनले वर्षाले विभिन्न पालिकाका घरहरु डुवानमा परे पनि मानविय क्षति भने नभएको जनाएका छन् । उनले महुली खोलाको बाढीले कंचनरुप नगरपालिकामा २ सयमिटर तथा तिरहुत गाउँपालिकामा १ सय मिटर बाँध भत्काएको जानकारी समेत दिएका छन् ।
यता लगातारको वर्षाले खाँडो, सप्तकोशी, त्रियुगा, खडक, जिता लगायतका नदी खोलामा जलसतह बढ्दै गएकोले आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ