News Category 2081/03/13
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
सुरक्षित आप्रवासी (सामी) कार्यक्रम अन्तरगत जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित समिक्षा गोष्ठीमा सामी परियोजनाका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले सप्तरी जिल्लाको बैदेशिक रोजगारीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
उनले नेपाल भरीबाटै सबैभन्दा बढी बैदेशिक रोजगारमा मधेश प्रदेशबाट युवाहरु जाने गरेको बताए । त्यसमा पनि सबै भन्दा बढी धनुषा तथा सप्तरी पाचौं स्थानमा हरेको उल्लेख गरे । सप्तरीबाट चालु आ.ब. को पुस मसान्तसम्मा १३ हजार ९ सय ७१ जना बैदेशिक रोजगारीमा गएको जानकारी दिए ।
प्रस्तुतीकरणकै क्रममा अधिकृत मण्डलले सप्तरी जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सामी परियोजना संचालनमा रहेको जानकारी दिँदै आगामी आ.ब. २०८१÷८२ बाट जिल्लाको रुपनी गाउँपालिका, महादेवा गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा समेत सो परियोजना संचालन हुने बताए ।
परियोजनाले बैदेशिक रोजगारमा जानेहरुलाई सीप सिकेर मात्र जान परामर्श दिनुका साथै, बैदेशिक रोजगारमा गएका परिवारहरुलाई मनोबैज्ञानिक परामर्श तथा वित्तिय साक्षरता र ठगिमा परेकाहरुका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा आयोजित गोष्ठीमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरी, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकाल, कंचनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, विभिन्न पालिकाका प्रमुखप्रशासकीय अधिकृतका साथै सामी परियोजनाका सप्तरी संयोजक राजेन्द्र यादव, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ