News Category 2081/03/13
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
सुरक्षित आप्रवासी (सामी) कार्यक्रम अन्तरगत जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित समिक्षा गोष्ठीमा सामी परियोजनाका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले सप्तरी जिल्लाको बैदेशिक रोजगारीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
उनले नेपाल भरीबाटै सबैभन्दा बढी बैदेशिक रोजगारमा मधेश प्रदेशबाट युवाहरु जाने गरेको बताए । त्यसमा पनि सबै भन्दा बढी धनुषा तथा सप्तरी पाचौं स्थानमा हरेको उल्लेख गरे । सप्तरीबाट चालु आ.ब. को पुस मसान्तसम्मा १३ हजार ९ सय ७१ जना बैदेशिक रोजगारीमा गएको जानकारी दिए ।
प्रस्तुतीकरणकै क्रममा अधिकृत मण्डलले सप्तरी जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सामी परियोजना संचालनमा रहेको जानकारी दिँदै आगामी आ.ब. २०८१÷८२ बाट जिल्लाको रुपनी गाउँपालिका, महादेवा गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा समेत सो परियोजना संचालन हुने बताए ।
परियोजनाले बैदेशिक रोजगारमा जानेहरुलाई सीप सिकेर मात्र जान परामर्श दिनुका साथै, बैदेशिक रोजगारमा गएका परिवारहरुलाई मनोबैज्ञानिक परामर्श तथा वित्तिय साक्षरता र ठगिमा परेकाहरुका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा आयोजित गोष्ठीमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरी, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकाल, कंचनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, विभिन्न पालिकाका प्रमुखप्रशासकीय अधिकृतका साथै सामी परियोजनाका सप्तरी संयोजक राजेन्द्र यादव, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ