News Category 2081/03/13
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
जिल्लास्थित विभिन्न सडकहरुको निर्माण कार्य अधुरो रहेको भन्दै अविलम्ब निर्माण कार्य सम्पन्न गराउन बारे सप्तरीका तीन पालिका अध्यक्ष तथा प्रमुखहरुले बिहीबार सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ध्यानाकर्षण गराउँदै चाडो भन्दा चाडो सडक निर्माण कार्य सम्पन्न गराउन ठेकेदार कम्पनीलाई पहल गरिदिन आग्रह गरेका हुन् ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीको लापरवाहीले गर्दा कुनै बेला पनि राजविराज–रुपनी सडक खण्डमा दुर्घट्ना हुन सक्ने बताउँदै त्यस्ता कम्पनीलाई अविलम्ब सडक निर्माण कार्य सम्पन्न गराउन प्रजिअसमक्ष आग्रह गरे । उनले हाल सो सडक खण्डमा ठूल्ठूला खाल्डाखुल्डी र वर्षाको पानी जमेकाले यातायातका साधनहरु कुनै बेला पनि दुर्घटना पर्न सक्ने सम्भावना रहेको भन्दै ती निर्माण कम्पनीलाई चाडो भन्दा चाडो कार्य सम्पन्न गराउन ध्यानाकर्षण गराए ।
उनले विगतमा पनि पालिका प्रमुखहरुले जिल्लाको सडकहरुको अवस्था बारे तत्कालिन प्रजिअको रोहबरमा सडक डिभिजन कार्यालय र सडक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई राखेर कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । तर, हालसम्म पनि सडक डिभिजन र ठेकेदारहरुले कार्य सम्पन्न गर्न अटेर गरेको भन्दै आउँदो दिनमा आफूहरु नै उनीहरुको बिरोधमा उत्रनु पर्ने चेतावनी समेत दिए ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले भारदह–राजविराज सडक खण्ड अन्तरगत पर्ने मंसापुर र तोपामा सडकको अवस्था कहाली लाग्दो रहेको भन्दै त्यहाका स्थानीयहरुले सडक निर्माणका लागि पालिकालाई नै दबाब दिँदै आएको सुनाए । उनले सो सडक खण्ड निर्माण गर्ने ठेकेदार कम्पनीको लापरवाहीको जिम्मा पनि के गाउँपालिकाले नै लिने भन्दै प्रजिअसमक्ष गुनासो गरे । अध्यक्ष मण्डलले तोपामा दिनहुँजसो सवारीसाधानहरु दुर्घटनामा पर्ने गरेको तर, आफूहरु निरिह भएर हेर्ने मात्र गरेको लाचारी सुनाए ।
यस्तै राजविराज नगपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले राजविराजको विभिन्न सडकहरु ठेकेदार कम्पनीकै कारण अलपत्र रहेको भन्दै ती कम्पनीहरु पालिकासँग कुनै प्रकारको समन्वय समेत नगर्ने गरेको बताइन् । उनले सडक निर्माण कार्य बीचमै अलपत्र परेकोले सवारीसधानहरु कुनै बेला पनि दुर्घटनामा पर्न सक्ने सम्भावना पनि उत्तिकै रहेकोले सो कार्य अविलम्ब सम्पन्न गराउन प्रजिअसमक्ष आग्रह गरिन ।
तीनै जना पालिका प्रमुखहरुले निर्माणाधीन सडकहरुको छिटो भन्दा छिटो काम सम्पन्न गराउन सडक डिभिजन र सम्बन्धीत ठेकेदार कम्पनीलाई बोलाएर निर्देशन दिन प्रजिअ समक्ष आग्रह गरे । उनीहरुले आफूहरुको आग्रहलाई वेवास्ता गरे ठेकेदार कम्पनी बिरुद्ध सडकमा ओर्लिने चेतावनी समेत दिए ।
यता प्रजिअ मंग्रातीले पालिका प्रमुखहरुको आग्रहप्रति सकारात्मक रहेको भन्दै सडक डिभिजन कार्यालयका प्रमुख र ठेकेदार कम्पनीका प्रमुख वा प्रतिनिधिहरु छलफल गरेर सडक निर्माणका अधुरो कार्यलाई सक्दो छिटै सम्पन्न गराउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/27 आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध, अध्यक्षमा देव र यादव भिड्दै
- 2081/08/27 अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो
- 2081/08/26 पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
- 2081/08/26 अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
- 2081/08/23 झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
- 2081/08/21 सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
- 2081/08/20 विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
- 2081/08/20 मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता
- 2081/08/17 हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
- 2081/08/17 डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ