News Category 2081/03/14
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सप्तरीमा ६ महिनाको अवधीमा ७ पुरुष र २ महिलागरि ९ जनाको हत्या भएको छ । यसरी हत्या गरिएका मध्ये १८ वर्षिय किशोरदेखी ७५ वर्षिया बृद्धासम्म छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रबार आयोजना गरेको “नेपाल मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक पूर्व समिक्षा” गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा प्रस्तुत सन् २०२४ को ६ महिने प्रतिवेदनमा पुरुषतर्फ १८, १९, २५, ३२, ५६, ६५ र ६८ वर्ष उमेर समूहका र महिलातर्फ ७० र ७५ वर्ष उमेरका ज्येष्ठ नागरिकको हत्या भएको उल्लेख छ । उक्त हत्या घटनाका आरोपित मध्ये एक जना सशस्त्र प्रहरी, १ मृतकका छोरा र ३ जना मृतककै साथी पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा छन् भने १६ जना आरोपित अझै फरार रहेको पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसै अवधीमा जिल्लामा बैवाहिक बलात्कारको एक वटा घटना समेत भएको छ । २१ वर्षिया एक महिलाले बैवाहिक बलात्कार भएको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा पक्राउ परेका उनका २८ वर्षिय पतिलाई सप्तरी जिल्ला अदालतका न्यायाधिश नविनकुमार जोशीको आदेशमा २०८१ बैशाख ६ गतेदेखी पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
यस्तै सोही अवधीमा बालिका बलात्कारका १२ घटना भएका छन् । बलात्कार घटनामा १४ देखी १७ वर्ष उमेर समूहकी बालिकाहरु पीडित भएका छन् । जसमध्ये १ जना अपाङ्गता भएको बालिकासमेत छिन् । यसरी बलात्कार घटनामा संलग्न रहेका आरोपी मध्ये ३ जना पूर्पक्षका लागि थुनामा, १ जना बालसुधार गृहमा र ६ जना अझै फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै ६ महिनाको अवधीमा बहुविवाहका ७ र बालविवाहका ९ घटना भएको प्रतिवेदनले देखाएको छ । यस्तै देवरसँग बिवाह गराई भाउजुसहित दुबै जनालाई गाउँ निकाला गरिदिएको १ र घरेलु ंिहसाका २१ वटा घटना भएको प्रतिवेदनले देखाएको छ ।
सन् २०२३ जनवरीदेखी डिसेम्बरसम्मको १ वर्षको अवधीमा हत्या ९, बहुविवाहका १८ र घरेलु हिंसाका ४५ वटा घटना भएका थिए ।
गोष्ठीमा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधिश दिपकप्रसाद दाहाल, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, नेकपा एमालेका सचिव देवनाथ यादव, जनमत पार्टीका इन्चार्ज रामगमन साह, जिल्ला न्यायाधिवक्ता गोकुलप्रसाद निरौला, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष अनिता देवकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतले जिल्लामा भएका आपराधिक घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा आपराधिक घटना न्युनिकरणका लागि प्रहरी, प्रशासन र सरोकारवाला सबैको थपसक्रियता आवश्यक रहेको महसुस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ