News Category 2081/03/15
युवाहरुले सडकमै धान रोपे
राजविराज÷जीर्ण अवस्थामा रहेको राजविराज–रुपनी सडक खण्डको अविलम्ब स्तरोन्तीको माग गर्दै बिरोध रुवरुप शनिबार यूवाहरुले सडकमै धान रोपेका छन् ।
सप्तरी युथ नेपालको अगुवाइमा राजविराज–रुपनी सडक खण्डको बिहारपुरमा यसरी यूवाहरुले सडकमै धानको बिउ रोपेका हुन् ।
पटक–पटक सम्बन्धित निकायलाई घचघचाउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले सांकेतिक बिरोध स्वरुप सडकमै धानको बिउ रोपेर बिरोध जनाउनुका साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन खोजिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।
राजविराज–रुपनी सडक खण्ड अति जीर्ण अवस्थामा छ । खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ रहेको भन्दै यूवा अभियन्ता मो. अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।”
सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालिन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट राजविराज वा अन्य अस्पताल पु¥याउन पनि सास्ती भएको स्थानीयको गुनासो छ ।
राजविराजको गिता पेट्रोल पम्पदेखी बिहारपुरको ५ सयमिटर सम्मको सडकमा मात्रै दर्जनौं खाल्डाखुल्डी छन् । यसका अलावा राजविराजदेखी रुपनी सम्मको १० किलोमिटरमा झण्डै ५ किलोमिटर सडक जीर्ण अवस्थामा छन् । सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको बिहारपुरवासी युवा नेता अमरनाथ मण्डलले सुनाए ।
वर्षाको पानीले हिलाम्मे बनेको सडकमा २ सय भन्दा बढी धानको बिउ रोपिएको अर्का युवा दिपेन्द्र दासले बताए । सप्तरी युथ नेपालको उक्त बिरोध कार्यक्रममा स्थानीयले पनि समर्थन जनाएका छन् । दुई घण्टाको बिरोधमा विभिन्न राजनीतिक दलका युवाहरुले पनि सहभागिता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ