News Category 2081/03/20
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
दैनिक समाचारदाता
राजविराज, २० असार ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले सर्वसाधारणमा सूचना प्रवाह गर्ने उदेश्यले मिडिया कक्षको स्थापना गरिएको छ ।
केन्द्रको राजविराजस्थित क्षेत्रिय कार्यालय विहिवार आयोजित एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव र केन्द्रकी मुख्य प्रभारी एवं संचालिका भगवती दिदीले संयुक्तरुपमा ऊँ शान्ति मिडियाकक्ष उदघाटन गरेका हुन् ।
सो अवसरमा मूख्य प्रभारी एवं संचालिका भगवती दिदीले केन्द्रको गतिबिधीबारे आम सर्वसाधारणमा सूचना प्रवाह एवं सहजताका लागी मिडिया कक्षको स्थापना गरिएको बताईन ।
केन्द्रले आफना गतिबिधी विस्तार गर्ने क्रममा स्थापना गरेको यो २० औं प्रभाग (कक्ष ) हो । यस अघि शिक्षा, खेलकुद, स्वास्थ्य, धर्म, संस्कृती, कृषि, व्यवसाय, प्राविधिक, महिला, न्यायिक लगायत १९ वटा प्रभाग केन्द्रले संचालनमा ल्याई सकेको छ ।
नयाँ थपिएको मिडीया कक्ष कार्यालयमा दिनानाथ यादव संयोजक तथा पूmलचन्द्र यादव र मोहित यादव सदस्य रहेका छन । उनीहरुलाई केन्द्रको गतिबिधी संकलन तथा सूचना प्रवाहको जिम्मेवारी दिइएको केन्द्रले जनाएको छ ।
उदघाटनका अवसरमा पत्रकार महासंघ सप्तरीका सभापती देवका साथै नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, शाखाको पूर्व सभापती मुरली प्रसाद यादव, पत्रकार सुधा देव, बुजमान तामाङ्ग, ध्रुव मण्डल, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायतलाई सम्मान गरिएको छ । केन्द्रकी मुख्य संचालिका भगवती दिदीले उनीहरुलाई दोसल्ला तथा पुष्पगुच्छा प्रदान गरेर सम्मान गरे ।
सो अवसरमा पत्रकार महासंघ सप्तरीका सभापती श्रवण देवले केन्द्रले स्थापना गरेको ऊँ शान्ति मिडीया कार्यालयबाट सर्वसाधारणले समय मै केन्द्रको सम्पुर्ण गतिबिधीबारे सूचना प्राप्त गर्ने र यसबाट कर्मयोग, ज्ञानयोग र भक्तीयोग श्रीबृद्धिमा मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
मिडिया कार्यालय स्थपानाले आम सर्वसाधारणमा सकारात्मक सोच र धर्म प्रतिको आस्थामा विकास हुने समेत विश्वास गरिएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ