News Category 2081/03/20
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
दैनिक समाचारदाता
राजविराज, २० असार ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले सर्वसाधारणमा सूचना प्रवाह गर्ने उदेश्यले मिडिया कक्षको स्थापना गरिएको छ ।
केन्द्रको राजविराजस्थित क्षेत्रिय कार्यालय विहिवार आयोजित एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव र केन्द्रकी मुख्य प्रभारी एवं संचालिका भगवती दिदीले संयुक्तरुपमा ऊँ शान्ति मिडियाकक्ष उदघाटन गरेका हुन् ।
सो अवसरमा मूख्य प्रभारी एवं संचालिका भगवती दिदीले केन्द्रको गतिबिधीबारे आम सर्वसाधारणमा सूचना प्रवाह एवं सहजताका लागी मिडिया कक्षको स्थापना गरिएको बताईन ।
केन्द्रले आफना गतिबिधी विस्तार गर्ने क्रममा स्थापना गरेको यो २० औं प्रभाग (कक्ष ) हो । यस अघि शिक्षा, खेलकुद, स्वास्थ्य, धर्म, संस्कृती, कृषि, व्यवसाय, प्राविधिक, महिला, न्यायिक लगायत १९ वटा प्रभाग केन्द्रले संचालनमा ल्याई सकेको छ ।
नयाँ थपिएको मिडीया कक्ष कार्यालयमा दिनानाथ यादव संयोजक तथा पूmलचन्द्र यादव र मोहित यादव सदस्य रहेका छन । उनीहरुलाई केन्द्रको गतिबिधी संकलन तथा सूचना प्रवाहको जिम्मेवारी दिइएको केन्द्रले जनाएको छ ।
उदघाटनका अवसरमा पत्रकार महासंघ सप्तरीका सभापती देवका साथै नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, शाखाको पूर्व सभापती मुरली प्रसाद यादव, पत्रकार सुधा देव, बुजमान तामाङ्ग, ध्रुव मण्डल, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायतलाई सम्मान गरिएको छ । केन्द्रकी मुख्य संचालिका भगवती दिदीले उनीहरुलाई दोसल्ला तथा पुष्पगुच्छा प्रदान गरेर सम्मान गरे ।
सो अवसरमा पत्रकार महासंघ सप्तरीका सभापती श्रवण देवले केन्द्रले स्थापना गरेको ऊँ शान्ति मिडीया कार्यालयबाट सर्वसाधारणले समय मै केन्द्रको सम्पुर्ण गतिबिधीबारे सूचना प्राप्त गर्ने र यसबाट कर्मयोग, ज्ञानयोग र भक्तीयोग श्रीबृद्धिमा मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
मिडिया कार्यालय स्थपानाले आम सर्वसाधारणमा सकारात्मक सोच र धर्म प्रतिको आस्थामा विकास हुने समेत विश्वास गरिएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ