News Category 2081/03/24
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रको सुरक्षालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसि क्यमरा जडान गरेको छ ।
नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
चालु आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको नगरपालिकाका इन्जिनियर मो. फिरोज अलीले जानकारी दिदै त्यसबाहके ५ थान ठूलो पिपिजेट क्यामरा समेत लगाइएको बताए ।
नगरलाई उज्यालो बनाउनुका साथै रातीको समयमा सिसि क्यामराको भिजनलाई राम्रो बनाउन ५ थान फ्लोड लाईट र १३ थान मिनि फ्लोड समेत जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिए ।
नगरसभाले विनियोजन गरेको ५० लाख मध्येबाट सिसि क्यामरा जडानको काम गरिएको र अझै काम जारी नै रहेकाले यकिन लागत खर्च बारे पछि जानकारी दिने अधिकृत गुरुङ्गको भनाई छ । उनले भगवती पोखरी भित्र र नगरपालिका भित्र लगाइएको सिसि क्यामराको निगरानी पालिकाले आफै गर्ने र नगरको सडकमा लगाइएको क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयले गर्ने जानकारी दिए ।
‘नगरको मुख्य व्यस्त रहने ठाउँहरुमा निगरनी गर्न क्यामरा जडान गरिएको छ, जसमध्ये मुख्य सडकमा सानो ठूलो गरी लगाईको ९० वटा क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्नेछ र नगरपालिका वरपर तथा भगवती मन्दिर क्षेत्रको निगरानी नगरपालिकाले गर्नेछ’ गुरुङ्गले भने ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले सिसि क्यमरा जडानबाट नगरको सुरक्षा व्यवस्था सँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने बताए ।
जिल्लाको सुरक्षाका दृष्टिकोणले यो. महत्पूर्ण काम भएकोले यसबाट अपराध अनुसन्धान गर्नमा सहज हुने उनले प्रतिक्रिया दिए ।
उनले जिल्ला प्रहरी कार्यालमा सिसि क्यामराबाट निगरानीका लागी एउटा टिम बनाउने र सो टिम मार्फत ९० वटा क्यमराको मद्दतले नगरको निगरानी गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ