News Category 2081/03/30
आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला

दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चार दलले विभिन्न १४ बुँदे माग राखी विगत २२ दिनदेखी आन्दोलनमा रहेका छन् । चार दलले आन्दोलनको कार्यक्रम अन्तरगत शनिबार बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै नगरप्रमुखको पुतला दहन समेत गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताको अगुवाइमा प्रदर्शन पश्चात् नगर प्रमुख रामलखन मुखियाँको पुतला दहन गरिएको हो ।
चार दलले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि गत असार ७ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
यसअघि असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्नामा उनीहरु बसेका थिए ।
नगरपालिकाका जनप्रतिनिधिहरुको वेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए४ । उनले नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिका भित्र व्यापक आर्थिक अनियमितता भएको र सो कार्यमा प्रमुख प्रशासकीय अधिकृतले साथ नदिदा उनलाई समेत गालिगलौज र कार्यालय नआउन धम्की दिन थालिएको बताए । उनले नगर प्रमुख मुखिया पालिकालाई एमालेको कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको दोषारोपन गर्दै विभिन्न तहका कर्मचारी नियुक्तिमा समेत अनियमितता भएको दाबी गरे ।
संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथी कारवाही गर्न माग गरेको छ ।
यस्तै आ.ब. २०७९÷८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, आ.ब. २०७९÷८० र २०८०÷८१ मा खरीद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, २०८०÷८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
यस्तै राजनैतिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, कर्मचारीलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ ।
यता डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले नगरपालिका भित्र कुनै आर्थिक अनियमितता नभएको र विपक्षिले अनावश्यक रुपमा बखेरा झिकेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ