News Category 2071/10/24

भारदहमा अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ माघ । 
एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले शुक्रबार सप्तरीको भारदहमा आन्दोलनलाई सशक्त बनाउने सन्दर्भमा बिभिन्न पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षण तथा स्थानीयहरुसँग अन्तरक्रिया गरेको छ ।
फोरम नेपालका नेता तथा क्षेत्र नं. २ आन्दोलन परिचालन समितिका संयोजक बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा एमाओवादीका सभासद् अशोक कुमार यादव, फोरम नेपाली सभासद् लक्ष्मी चौधरी, फोरम गणतान्त्रिकका भागवत मण्डल, फोरम लोकतान्त्रिकका दीपक यादव, संघीय समाजवादीका चित्त नारायण यादवले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । 
प्रशक्षिण कार्यक्रम पश्चात् जुलुस प्रदर्शन गरि पोर्ताहास्थित हटिया चौकमा कोणसभा भएको थियो । सो सभामा एमाओवादीका जिल्ला संयोजक असर्फी सदा, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार यादव, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, सद्भावना पार्टी जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतले बोल्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट