News Category 2071/12/06

सशस्त्रद्वारा ७ सय किलो रक्तचन्दन बरामद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ चैत । 
भारतबाट सप्तरीहुँदै मिनि ट्रकमा काठमाडौंतर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी सप्तरीले ७ सय किलो रक्तचन्दनसहित दुईजना पक्राउ गरेको छ । सप्तरीमा रक्तचन्दन बरामद भएको यो पहिलो घटना हो ।  
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर २ बाट उक्त मात्राको रक्तचन्दन प्रहरीले बरामद गरेको हो । 
बिशेष सूचनाको आधारमा सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीको नेतृत्वमा असई सरोज यादव, नुनु कुमार मण्डल, प्रभाष कुमार यादव, अरुण यादवसहितको टोलीले बुधबार राति एक मिनि ट्रक, एक भारतीय नम्बरको मोटरसाइकल, दुई जनासहित ७ सय किलो रक्तचन्दन बरामद गरेको जनाएको छ । 
बा. १ ख. ७७७४ नम्बरको मिनि ट्रकमा धानको बोरा पछाडी लुकाईछिपाई २७ बोरामा प्याकिङ गरि लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले चेकजाच गर्दा रक्तचन्दन बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक ह्दय नारायण मण्डलले जानकारी दिनुभो ।
यता रक्तचन्दनसँगै मोटरसाइकल चालक सप्तरीको फुलकाही गाविस ८ निवासी २५ वर्षिय किरण साह र ट्रक चालक देउरी ३ निवासी ४१ वर्षिय इन्द्रकुमार यादवलाई समेत पक्राउ गरेको छ ।  
बरामद गरिएको रक्तचन्दनको मूल्य करिब ७० लाख रुँपैया रहेको प्रहरी उपरिक्षक मण्डलले बताउँनुहुँदै मिनि ट्रक, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला वन कार्यालय सप्तरीको जिम्मा लगाइएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट