News Category 2071/12/07

सप्तरीमा २ सय २३ विद्यार्थीको परीक्षा रद्द एक परीक्षार्थीले अर्को वर्ष मात्र परीक्षा दिन पाउने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ चैत । 
एसएलसीको दोश्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षामा सप्तरीबाट २ सय २३ परीक्षार्थी निष्काशनमा परेका छन भने एक परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ । त्यस्तै एक निरीक्षकसमेत निष्काशनमा परेका छन् ।   
राजविराजस्थित केअ मावि परीक्षा केन्द्रमा ०१५४७५८ एफ सिम्बोल नम्बर भएकी मनिषा कुमारी चौधरीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले आफैले चिट चोरेको देखेपछि उनको सम्पुर्ण विषयको परीक्षा रद्ध गरिएको छ । 
चौधरीले आफूले चिट नचोरेको भन्दै आप्mनो जिऊ तलासी गर्न भनेपछि महिला सुरक्षाकर्मीले ती विद्यार्थीलाई तलासी गर्दा चिट फेला परेपछि उनको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको हो ।
त्यस्तै परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने केअमावि राजविराजका निरीक्षक बेचु नारायण दासलाई निष्काशित गरिएको छ । त्यस्तै जिल्लाको माबि बोरिया परीक्षा केन्द्रबाट ६ जना नियमित तथा १५ जना एक्जामटेड गरी २१ जना परीक्षार्थीलाई निष्काशितमा परेका हुन् । 
यसैगरी पवि उच्च माविबाट २४ जना, केअमावि राजविराजबाट ३२ जना गरी जिल्लाको विभिन्न परीक्षा केन्दबाट २ सय २३ जना परीक्षार्थी निष्काशित भएको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईले जानकारी दिनुभयो ।
यसैबिच परीक्षालाई मर्यादित बनाउँन दोश्रो दिनको परीक्षामा पूर्वाञ्चल क्षेत्रिय निर्देशक सुरेश प्रकाश अर्यालको नेतृत्वमा टोली समेत खटिएको थियो । 
यसअघि परीक्षामा अमार्यादित क्रियाकलाप गरेको भन्दै सप्तरीमा परीक्षाको पहिलो दिन चार निरिक्षक तथा १ सय ४ परीक्षार्थी निष्काशनमा परेका थिए ।  
यस्तै सप्तरीबाट १४ हजार २ सय ६१ परीक्षार्थी मध्ये ३ सय ३९ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । सप्तरीबाट नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । साथै जिल्लाको अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण तरीकाबाट परीक्षा संचालन भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट