News Category 2072/02/19

युवकद्वारा गोली हानी आत्महत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ जेठ । 
सप्तरीको पोर्ताहा गाविसका एक युवकले आफैलाई कन्चटमा गोली हानी आइतबारराति आत्महत्या गरेका छन् ।
पोर्ताहा गाविस वडा नम्बर ५ निवासी रामकरण खिड्हरीका ३५ वर्षीय छोरा अनिल खिडहरीले घरमै आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार खिडहरी सुत्ने घर बन्द गरी उनले आफैलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ ।
यता अनुसन्धानका लागि प्रहरीले मृतक खिडहरीको शवसँगै उनले हानेको कटुवा पेस्तोलसमेत बरामद गरेको छ । मृतक खिड्हरीका श्रीमती र दुई छोरा छन् । परिवारमा रहेको आन्तरिक विवादकै क्रममा खिड्हरीले गोली हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
यता प्रहरीले घरको ढोका फुटाएर मृतक खिडहरीको शवलाई सोमबार बिहान पोष्टमाटर्मका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट