News Category 2072/02/27

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
राजविराज हनुमाननगर सडक खण्डको बभनगामाकट्टी ९ स्थित सडकमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक गम्भिर घाइते भएका छन् । 
हनुमाननगरबाट राजविराजतर्फ आउदै गरेको स.१प. ८४१० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई कल्र्भटमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको बरमझिया ३ निवासी २५ वर्षिय  मो.सचिनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता मोटरसाइकल पछाडी सवार हनुमाननगर २ निवासी २२ वर्षिय मो. इर्साद गम्भिर घाइते भएका छन् । 
घाइते इर्सादको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट