News Category 2072/02/28

सद्भावनाले १६ बुँदे सम्झौता जलायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौताको बिरोध गर्दै बुधबार राजविराजमा सद्भावना पार्टीले सम्झौता जलाएको छ । 
सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित जनआन्दोलन चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् । 
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो । 
उहाँका अनुसार १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुटै बनाएर भ्रममा पारेको आरोप समेत लगाउनुभयो ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्यत्रय अमरनाथ मण्डल, दिपेन्द्र चौधरी र विशेश्वर रजक, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर यादव, महिला मंचकी पुनम यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
सोही क्रममा बुधबारै मधेशका जिल्लाहरुमा १६ बुँदे सम्झौता र प्रमुख चार दलका शिर्ष नेताहरुको पुतला समेत जलाईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट