News Category 2072/02/31

पत्रकार यादवलाई पितृशोक

दैनिक समाचारदाता

राजविराज÷क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सचिवालय सदस्य तथा नेपाल पत्रकार महासंघका पार्षद तथा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादवलाई पितृशोक परेको छ । 
गोरखापत्र र्दैनिकका सप्तरी संवाददाता समेत रहनु भएका यादवका ९१ वर्षिय पिता मनिलाल यादवको शुक्रबार साँझ आफ्नै घर सप्तरीको पकरी वडा नं. १ मा निधन भएको हो ।
स्व. यादवको तीन छोराहरु रहेको छन् । जस मध्ये पत्रकार यादव कान्छो छोरा हुनुहुन्छ । 
क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सल्लाहकार अनिल कुमार अनलले यस शोकको घडीमा स्वर्गीय यादवको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक सम्बेदना व्यक्त गर्नुभएको छ । 
यसैगरि नेपाल पत्रकार महासंघका सप्तरी अध्यक्ष प्रकाश खतिवडाले एक प्रेस विज्ञप्ति जारि गर्दै शोकको यस घडीमा स्वर्गीय यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको छ । 
यस्तै क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष राजु विश्वकर्माले स्व. यादवको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकाट गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट