News Category 2072/03/04

पोखरीको ठेक्कामा गाविस सचिवले मनोमानी गरेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज ३ असार । 
सप्तरीको बरही बिरपुर गाविस ५ स्थित गढ पोखरीको ठेक्कामा गाविस सचिवले मनोमानी गरेको स्थानीयबासीले आरोप लगाएका छन । 
बरही बिरपुर गाविस ५ स्थित किता न.२४० को १८ कठा ९ धुर जग्गामा रहेको गढ पोखरी ३ वर्षको लागि ठेक्का बन्दोवस्तको लागि २०७२ जेष्ठ २२ गते ठेक्का गरिएको थियो । सो ठेक्कामा प्रथम डाक कबोल स्थानीय चित नारायण यादवले १ लाख ८० हजार ५ सय तिन वर्षको लागि डाक साकार गरेको थियो । 
जसमा गरिएको शर्त बमोजिम ७ दिन भित्र प्रथम किस्ता वापत ६० हजार १ सय ६७ गाविसको खातामा जम्मा गर्नुपर्ने शर्त रहेपनि गाविस सचिव ओम प्रकाश ठाकुरकै मिलोमतोमा शर्तको १२ दिनपछि प्रथम किस्ताको रकम जम्मा गरेको आरोप बरही बिरपुर गाविस ५ का प्रमोद कुमार यादवले लगाएका छन । 
गाविस सचिवकै मिलोमतोमा दोश्रो डाक सकार कर्तालाई कुनै जानकारी नै नगराई शर्त बमोजिम दोश्रो डाक सकारकर्ता प्रमोद कुमार यादव कबोल रकम १ लाख ७७ हजार कबोल बमोजिमको रकम २९ हजार बुझाई चलन पुर्जी दिलाउँनुपर्ने माँग गर्दै स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला समक्ष उजुरी समेत दिईएको छ । 
ति ठेक्कामा सबैभन्दा बढी रकम कबोल गर्ने ब्यक्तिको ठेक्का स्वीकृत हुने तथा सदर गरिएको ठेक्कावाला ठेकेदारले ठेक्का स्वीकृत भएको मितिले ७ दिनभित्र सम्झौता गरी चलन पुर्जि लिनुपर्ने भनि शर्त रहेको छ । 
जस अनुरुप सम्झौता नगरेमा धरौटी रकम जफत गरी दोश्रो ठेकेदारलाई ठेक्का दिईने व्यवस्था रहेपनि निर्धारित मिति भन्दा ५ दिन ढिलो गरी पनि प्रथम किस्ता वापतको रकम प्रथम डाक कबोलकर्ताले जम्मा नगरेको आरोप यादवले लगाएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट