News Category 2072/03/05

गैसस महासंघ सप्तरीमा अध्यक्षमा शम्भुनन्द, उपाध्यक्षमा किशोर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ असार ।
गैसस महासंघ सप्तरीको सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा शम्भुनन्दन चौधरी सहमतिय प्रक्रियाबाट बहुमतिको आधारमा विजयी हुनुभएको छ । 
महासंघको शुक्रबार भएको सहमतिको प्रक्रियाबाट बहुमतको आधारमा उपाध्यक्षमा किशोर कुमार यादव केसी, सचिवमा आभासेतु सिंह, सहसचिवमा बलदेव मण्डल र कोषाध्यक्षमा इन्द्र प्रसाद रामलाई चयन गरिएको हो । 
त्यस्तै सदस्यहरुमा क्रमश ज्योति कुमारी देव, मधुसुदन अधिकारी, दिपक कुमार झा, सिताराम लाल देव, भोज कुमारी पोखरेल, सरोज कुमार चौधरी, रामेश्वर कौडिया यादव र श्यामकान्त चौधरीलाई चयन हुनुभएको छ ।
यता बिजयी हुनुभएका नवअध्यक्ष चौधरीले सामाजिक क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुलाई आफूले एउटै छातामूनी आवद्धता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल गैसस महासंघमा १ सय ४५ वटा संघसंस्थाहरुको आवद्धता रहेको छ । जसमध्ये करिब ७७ वटा संघसंस्थाहरुले नविकरण गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट