News Category 2072/03/07

उपस्वास्थ्य चौकी समयमा नखोलिदा सेवाग्राहीलाई समस्या

दैनिक समाचारदाता

शुभनारायण यादव
राजविराज, ६ असार । 
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि घरमै बसेर तलब खाने गरेका छन । 
उपस्वास्थ्य चौकी झुटकी प्रत्येक दिन बिहान ११ बजे खुल्छन र दिउँसो १ नबज्दै बन्द हुने गरेका कारण त्यहाँका सेवाग्राहीहरु समस्यामा परेका छन । 
उक्त उपस्वास्थ्य चौकीमा एक जना सिनियर अहेब चेत नारायण यादव, अहेव मो.ताहिर हुसेन, अनमि सविता राई र कार्यालय सहयोगी धनिकलाल यादवको दरबन्दी रहेपनि कर्मचारीहरु आफु खुशि उपस्वास्थ्य चौकी संचालन गर्ने गरेका कारण त्यहाँका सेवाग्राहीहरु औषधि उपचार गराउँनबाट बञ्चित भएका हुन । 
सोही क्रममा आईतबार उक्त उपस्वास्थ्य चौकी ११ जबेसम्म बन्द रहेका कारण एक घण्टा औषधिको लागि पर्खिनु परेको स्थानीय भोला यादवको भनाई रहेको छ । 
यादव जस्तै त्यहाँ आधा दर्जन बिरामीहरु कति खेर उपस्वाथ्य चौकी खुल्न प्रतिक्षामा बसेको थियो । उपस्वाथ्य चौकी खुल्ने समय बिहान १०.३० बजेदेखि दिउँसो २ बजेसम्म रहेपनि उक्त उपस्वाथ्य चौकीका कर्मचारीहरु दिनहुँ आफु खुशि कहिले ११ बजे त कहिले दिउँसो १२ बजे पनि खोल्ने गरेको स्थानीयहरुको आरोप रहेको छ । 
जिल्लाको दक्षिणी भेगको अति नै विकट मानिएको उपस्वाथ्य चौकी झुटकी हाल प्रहरी चौकीकै भवनमा संचालन रहेको छ , तर दिनहुँ दिउँसो १२ बजे उपस्वाथ्य चौकी खोलेपनि प्रहरी प्रशासन तथा सम्बन्धित निकाय समेत मौन रहेको स्थानीयहरुले आरोप लगाएका छन । 
चार जना कर्मचारीको दरबन्दी रहेको उपस्वाथ्य चौकी झुटकी कुनै दिन त कार्यालय सहयोगीकै भरमा संचालनमा रहेको स्थानीयहरुको भनाई छ । 
त्यहाँका स्वास्थ्यकर्मीहरु बिरामीहरुलाई औषधि उपचार नै नगरी घरमै बसेर तलब खाने गरेको स्थानीयहरुले बताएका छन । उपस्वाथ्य चौकीका सि.अहेब यादव महिनामा १५ दिन मात्र आई हाजिरी बनाएर तलब खाने गरेपनि त्यसतर्फ जिल्ला जनस्वास्थ्य कार्यालय तथा सम्बन्धित निकाय मौन रहेको सेवाग्राहीहरुको आरोप छ । 
यसैबिच सो सम्बन्धमा उपस्वाथ्य चौकी झुटकीका सि.अहेब यादवसँग सम्पर्क गर्दा उहाँले आफु १० बजे कार्यालय खोलेर बन्द गरी तालिममा सहभागि हुन आएको बताएपनि १० बजे कार्यालय बन्द रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट