News Category 2072/03/10

गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ अनललाई प्रदान गरिने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असार 
मधेशी पत्रकार संघद्वारा प्रदान गरिने गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ का लागि सप्तरीका वरिष्ठ पत्रकार एवं राजविराज दैनिकका प्रकाशक÷सम्पादक अनिल कुमार अनललाई प्रदान गर्ने निर्णय गरेको छ । 
संघका केन्द्रिय अध्यक्ष कुमार विवेकानन्द मिश्रद्वारा बुधबार जारि विज्ञप्तिमा संघले सो निर्णय गरेको जनाइएको छ । यसैगरि गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७१ का लागि काठमाडौंका वरिष्ठ इन्द्रकान्त मिश्रलाई प्रदान गर्ने निर्णय गरेको जारि विज्ञप्तिमा उल्लेख छ । 
उहाँरु दुबैलाई लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मधेशी पत्रकारहरुका लागि मार्गदर्शकका रुपमा रहेकाले उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । 
यस्तै शहिद रमेश महतो युवा पत्रकारिता पुरस्कार २०७१ र २०७२ का लागि क्रमशः सिरहाका पत्रकार मिथिलेश यादव र बाँकेका सलमान खाँलाई प्रदान गर्ने गरेको छ । 
यसैगरि उमा सिंह महिला पत्रकारिता पुरस्कार २०७१ का लागि पर्साका माधुरी महतो र २०७२ का लागि धनुषाका ज्योत्सना कर्णलाई प्रलदान गर्ने निर्णय गरिएको जारि विज्ञप्तिमा उल्लेख छ । 
तीनै वटा पुरस्कारको धनराशी ११ हजार एक रुँपैया रहेको छ भने उक्त पुरस्कार असार १२ गते वीरगञ्जमा हुने संघको दोश्रो वार्षिकोत्सवका अवसरमा प्रदान गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट