News Category 2072/03/17

संघीय गणतान्त्रिक मोर्चाले संविधानको मस्यौदा जलायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ असार । 
संघीय गणतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा बुधबार संविधानको मस्यौदा जलाएका छन् । 
राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा सो मस्यौदा जलाएका हुन । 
आदिवासी मधेशी, महिला, दलित, मुस्लिम, अपाङग र उत्पीडित वर्गका पहिचानविहीन संविधानको मस्यौदा संविधानमा पेस गरेको भन्दै सो मस्यौदा जलाएको मोर्चासँग आवद्ध विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसीले जानकारी दिनुभयो । 
यो मस्यौदा सर्वोच्च अदालतको आदेश विपरित छ, आदिवासी, मधेशी, दलित र महिलाको इच्छाविपरीत रहेको तथा अन्तरिम संविधानको भावना र मर्म विपरीत भएको भन्दै सो मस्यौदा जलाएको संघिय समाजवादी फोरम नेपालका दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
मोर्चामा संघीय समाजवादी फोरम, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टीलगायतका दलहरु सहभागीता रहेको थियो । 
यसअघि संविधानसभामा छलफलका लागि प्रस्तुत भएको संविधानको मस्यौदा मधेशीलगायतका दलहरुले संविधानसभाभित्रै च्यातेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट