News Category 2072/03/31

पानी जमेपछि आवतजावतमा समस्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० असार । 
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ५ स्थित जिल्ला भु–संरक्षण कार्यालयदेखि पुर्व पट्टीबिच सडकमै पानी जमेका कारण स्थानीयबासीहरुलाई आवत जावतमा समस्या उत्पन्न भईरहेको छ । 
समान्य बर्षामा पनि सो कार्यालयको अगाडीको बाटोमा करिब २(३ फिटसम्म पानी जमेका कारण त्यहाँका सर्वसाधारणहरुलाई दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको आरोप स्थानीयहरुले लगाएका छन । 
राजविारज नगरपालिका ५ स्थित बरिष्ठ पत्रकार अनिल कुमार अनलको घरदेखि घरेलु तथा साना उद्योग कार्यालय हुँदै नेपाल टेलिकमसम्मको सडक खण्डको नाला र सडक निर्माणको लागि योजना स्विकृत भएपनि यसवर्ष कुनै काम नभएको स्थानियहरुले गुनासो गरेका छन । 
उक्त टोलको नाला उचित व्यवस्थापन हुन नसकेका कारण बर्षेनी समान्य बर्षामा पनि त्यहाँ बिच सडकमै पानी जमेपछि बाटो अवरुद्ध हुने गरेको स्थानीयहरुले बताएका छन । 
नगरपालिकाको सडकको यस्तो अवस्थाप्रति नगरपालिका तथा सम्बन्धित निकाय मौन बसेको आरोप स्थानीयबासीहरुले लगाएका छन । 
यसैबिच सो सम्बन्धमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई स्थानीयबासीहरुले जानकारी गराउँदा उहाँले छिटै माटो ग्राईभेल गरि मर्मत सम्भार गर्ने आश्वासन दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट