News Category 2072/04/03

नवीन साप्ताहिक “क” वर्गमा

दैनिक समाचारदाता

राजविराज÷प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९÷०७० र ०७०÷०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ । 
सार्वजनिक गरिएको नतिजा अनुसार राजविराजबाट प्रकाशित नवीन साप्ताहिक “क” वर्गमा परेको छ । नवीनसँगै सूचना साप्ताहिक र कृष्णा दैनिक पनि सो वर्गमा परेको छ । 
यता राजविराजबाट प्रकाशित दैनिक पत्रिकाहरु मध्ये दुई वटा दैनिक “ग” तथा ७ वटा दैनिक पत्रिका “ख” वर्गमा परेका छन् । 
आ.व. ०६९÷०७० मा वर्गीकरणका लागि फाराम भरेका ८८१ वटा पत्रिकाहरु मध्ये ७७८ पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बाँकी १०३ वटा विविध कारणले वर्गीकरणमा समावेश नभएको जनाइएको छ । 
जसमध्ये राष्ट्रिय वर्गमा २१२, क्षेत्रीयमा १९१ रहेका छन भने स्थानीय वर्गमा ३७५ वर्गीकृत भएका छन् । जम्मा बर्गिकरण मध्ये ‘क+’ मा ११ ‘क वर्ग’ मा २१०, ‘ख’ वर्गमा ३१३, ‘ग’ वर्गमा १८६ र ‘घ’ वर्गमा १५८ पत्रपत्रिका बर्गिकरणमा परेका छन् ।
यसैगरी आ.व. ०७०÷०७१ मा बर्गिकरणका लागि फाराम भरेका ८७५ पत्रपत्रिका मध्ये ८२२ पत्रिका बर्गीकरणमा समावेश भएका छन् भने ५३ पत्रपत्रिकाहरुको नतिजा स्थगित गरिएको छ । जसमध्ये राष्ट्रिय स्तरमा २००, क्षेत्रीय स्तरमा १८७ र स्थानीय स्तरमा ४३५ पत्रपत्रिका रहेका छन् । 
यसवर्षदेखि मापदण्ड वमोजिम ‘क+’ मा ७ दैनिक र ३ साप्ताहिक गरी १० पत्रिका बर्गिकरणमा परेका छन् । जम्मा बर्गिकरणमध्ये ‘क+’ मा १० ‘क वर्ग’ मा २३१, ‘ख’ वर्गमा ३२६, ‘ग’ वर्गमा २०२ र ‘घ’ वर्गमा ५३ पत्रपत्रिका बर्गिकरणमा परेको प्रेस काउन्सिल नेपालको वेवसाइटमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट