News Category 2072/04/04

अज्ञात रोगका कारण सप्तरीको रामनगरमा दुईको मृत्यु, दुई दर्जन बिरामी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ साउन । 
अज्ञात रोगका कारण सप्तरीको रामनगर गाविस ३ स्थित दलित बस्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी बिरामी पर्नुका साथै सो रोगबाट सयौ प्रभावित भएका छन् ।
अज्ञात रोगका कारण स्थानीय ३० वर्षिया सुनिता देवी सदा र सोही ठाउँका २५ वर्षिया मखनी देवी सदाको मृत्यु भएको छ । 
अचानक बेहोश भई रक्तचाप बढने, रिंकटा लाग्ने, पेट दुख्ने जस्ता रोगका लक्षणहरु देखापरेको स्थानीयबासीहरुले बताएका छन । सो रोगका कारण सुनिताको शनिबार राति र मखनीको आईतबार बिहान मृत्यु भएको स्थानीयहरुले बताएका छन । 
सो रोगका कारण खासगरी बालबालिका र महिलाहरु प्रभावित भएको स्थानियहरुले बताएका छन । यसैबिच रामनगरको दलित बस्तीमा कुन रोग लागेको तत्काल थाहा नभएपनि त्यहाँ बोदे बसाईन स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको एक टोली परिचालन गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय कुमार झाले जानकारी दिनुभयो ।
अहिलेसम्म कुन रोग रहेको थाहा नपाएपनि स्वास्थ्यकर्मीहरु त्यहाँ पुगी स्लायन पानी तथा आवश्यक औषधि गर्दै आएको प्रमुख झाको भनाई छ । साथै त्यहाँका स्थानियहरुमा रक्त संचार अत्यन्त कम मात्रामा भेटिएको प्रमुख झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट