News Category 2072/04/14

एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा ग¥यो ः सभासद् यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
संविधानको मस्यौदामा जनताले दिएको राय सुझवसहितको प्रतिवेदनमाथि संविधानसभामा छलफल गर्दै सभासदहरुले आफ्ना एजेण्डा सम्बोधन नभए आन्दोलनदेखि बन्दुकसम्म उठाउने धम्की दिएका छन् ।
एमाओवादी सभासद उमेश यादवले सप्तरीमा जाँदा जनताले प्रदेश नपाए देश बन्छ भनेको संविधानसभामा सुनाए । तर, मधेसीहरुको राष्ट्रियतामाथि शंका नगर्न उनले आग्रह गरे । ब्रिटिसहरुसँग लडेर सीमा रक्षा गरेको भन्दै उनले भने–‘कुमाऊ गढवालबाट आएकाहरुको मण्डले राष्ट्रवाद जस्तो होइन हाम्रो राष्ट्रियता । मधेसी जनता अखण्ड नेपाल चाहन्छन् ।’ भन्ने समाचार अनलाइन खबर डटकममा प्रकाशित भएको छ ।
जनताले दिएको सुझावलाई कर्मचारीहरुले तलमाथि गरेको यादवको आरोप थियो । आफ्नो क्षेत्रमा एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा गरेको तर, सुझावमा त्यसलाई धेरैको भनेर माथि राखिएको भन्दै उनले असन्तुिष्ट जनाए ।
मधेसी, जनजाति, दलित लगायतको अधिकार कटौती गरिएको भन्दै उनले संविधानको अन्तिम मस्यौदा नबन्दासम्म पर्खने बताए । उनले भने–‘अहिले केही साथीहरुले बहिस्कार गर्नु भएको छ, केहीले नाराबाजी गर्नु भएको छ, यदि मधेसको माग सुनिएन भने संविधानसभा परित्याग गरेर हतियार उठाउने मोर्चामा जान्छौं ।’ 

प्रतिकृया दिनुहोस

ताजा अपडेट