News Category 2072/04/18

सामानसहित एक पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ साउन । 
लाखौको अवैध समान सहित सप्तरी प्रहरीले एक जना तस्करलाई पक्राउ गरेको छ । 
शान्ति सुरक्षाको अवस्था बुझ्नका लागी सादा पोशाकमा खटीएको प्रहरी टोलीले गस्ति गदै जाने क्रममा सप्तरीको भारदह गाविस वाड नं. १ स्थितमा अवैध समान सहित एक तस्करलाई पक्राउ गरेको जनाएको छ ।  
भारतको विरपुर लगायतका बजारबाट कोशी व्यारेज पुल हुदै अवैध रुपमा बिभिन्न किराना सामानहरु साईकलमा लोड गरी चोरी पैठारी गरीरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले एक जनालाई पक्राउ गरेको हो । 
भारदह गाविस वडा नं. १ मा बोरामा सामानहरु ल्याईरहेको अवस्थामा चेकजाँच गर्न खोज्दा ३ जना मानिसहरु साईकल छाडी उत्तर कोशी डुवान तर्फ भागीरहेको अवस्थामा भारदह १ का राहुल कुमार गुप्तालाई सामान र साईकल सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
चार थान साईकलसहित गुप्ताको साथबाट चिनी, चुना दाल, मुसुरी दाल, जिरा, प्लाष्टिक गिलास, सलाई, नवरत्न तेल, पायल छाप सुर्ति, महक भुजिया, चकलेट, डिमलाईट विस्कुट, विलेट सहित गरी करिब एक लाख भन्दा बढी समानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 
पक्राउ गरेको गुप्तालाई हाल आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट