News Category 2070/04/17
दलित र गैरदलित स“गै अघि बढ्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १६ साउन ।
दलितको सबालमा दलित र गैर दलित दुबै सँगसँगै अघि बढ्न सकिएमात्र समाजिक बिभेद हट्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
इएसपी नामक दातृ संस्थाको सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा सञ्चालन गर्न लागेको सचेतनामुलक कार्यक्रम बारे जानकारी दिने उद्देश्यले राजविराजमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले दलितको समस्या केबल दलितको मात्र हो भने बुझ्ने प्रबृतिका कारण अहिलेसम्म दलितको मुद्दाले सफलता पाउन नसकेको बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिका पुर्व उपाध्यक्ष रामेश्वर मण्डलले दलितहरुको मुद्दालाई साझा मुद्दा बनाउनुपर्ने बताउनुभयो ।
दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य अनिस अन्सारी, बहुजन समाजवादीका उपाध्यक्ष झबर राम, दलित आयोगका पुर्व सदस्य बौवालाल शर्मा खत्बे, दलित महिला संघका बिन्दा पासवान, अखिल क्रान्तिकारीका राजेश रिसाल, बच्चेलाल सरदार लगायतले बोल्नुभयो । कार्यक्रममा दलित जनकल्याण क्लबका कार्यकारी निर्देशक बिनोद बिसुन्खेले गर्नुभयो भने कार्यक्रमको उद्देश्यबारे कार्यक्रम संयोजक रामअवतार साहले प्रस्तुति गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ