News Category 2072/05/05

राजीवको मृत्यु बारे प्रहरीको दुईधारे भनाई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ भदौं । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारदह घटना बारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो दुईधारे धारणा सार्वजनिक गरेको छ । 
आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले भन्नुभयो, “राजिव राउत भनिने राजेन्द्र राउतको मृत्यु प्रहरीको गोली अथवा आन्दोलनकारीकै गोलीबाट मृत्य भएको भन्ने कुरा अनुसन्धानको विषय रहेको छ ।”
यस्तै उहाँले भदौं १ गते भारदहमा उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र ग्रिनेट गरी ३२ सेल, २५ राउण्ड हवाई फायर, शट गनको रवर बुलेट १० राउण्ड र जंगी ५ राउण्ड फायर गरेको दाबी गर्नुभयो । 
उहाँले आन्दोलनकारी तर्फबाट घाईते भारदह १ का ३० वर्षिय राजिव राउतको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको तथा गोली लागेर सोही स्थानका दिपक साह, भारदह २ निवासी ४५ वर्षिय देवनारायण विश्वास, भारदहकै सुरेन्द्र मण्डल मात्र घाइते भएको बताउनुभयो । त्यस्तै प्रहरीतर्फ प्रहरी हवलदार दिनेश पौडेल, प्रहरी जवानहरु प्रताप गौतम, ईशकलाल राजवंशी, धन बहादुर हमाल, दुर्गा राना र सखेल श्रेष्ठ सहित घाईते भएको जानकारी दिनुभयो । तर प्रहरीको गोलीबाट अन्य तीन जना घाईते भई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार्थ रहेको कुनै जानकारी दिइएन् । 
आयोजित पत्रकार सम्मेलनमा भारदह गाविस १ स्थित भारदह चौकमा आन्दोलनकारीहरुले बाटो अवरोध गर्ने समयमा खटिएका प्रहरी टोलीले बाटो बन्द नगर्न अनुरोध गरेपछि उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेकाले भिडलाई हटाउन समान्य लाठी चार्ज गरेको र १२ सेल अश्रुग्यास सेल फायर गरीएको जानकारी दिइयो । यता स्थानियवासीहरुले प्रहरीले घर घरमा छिरेर महिलाहरुलाई समेत कुटपिट गरेको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट