News Category 2072/05/10

थाकस र मोर्चाबीच कार्यगत एकता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ भदौ । 
थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्तिमोर्चा नेपालबीच बुधबार सप्तरीको कदमाहामा कार्यगत एकता भएको छ ।
सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । कार्यगत एकतासँगै जारी आन्दोलनमा थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्ति मोर्चा संयुक्त रुपमा आन्दोलनमा सहभागि हुने जनाइएको छ । 
बुधबार आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै सङ्गठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन् ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्नेलगायतका मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताउनुभयो ।
पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर एकप्रदेश, धनुषादेखि नवलपरासीसम्म अर्काे प्रदेश र रुपन्देहीदेखि कैलालीसम्म तेश्रो प्रदेश गरी तराईमा तीन प्रदेश हुनुपर्ने बताउनु भयो । 
सोही पत्रकार सम्मेलनमा आममूल निवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारणअनुसार आफूहरूले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट