News Category 2072/05/15

फोरम लोकतान्त्रिकद्वारा केन्द्रिय अध्यक्षलाई आन्दोलनमा सहभागिा हुन माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले पार्टीका केन्द्रिय अध्यक्ष बिजय कुमार गच्छदारलाई चार दलिय मोर्चाबाट अलग भई मधेश र थरुहट आन्दोलनमा सहभागि हुन माग गरेको छ । 
जिल्ला अध्यक्ष सत्यनारायण यादवले सोमबार जारि गर्नुभएको प्रेस विज्ञप्तिमा जारि मधेश र थरुहट आन्दोलनको आवाज र मागलाई संबोधन गर्ने गरि आन्दोलनमा सहभागि हुन पार्टीका सबै निकायलाई विज्ञप्ति मार्फत माग गरेको छ । 
साथै हस्ताक्षरित विज्ञप्तीमा फोरम लोकतान्त्रिक जिल्ला कार्य समितिले आन्दोलनलाई सशक्त बनाउनका लागि राजमार्ग केन्द्रित गरी मधेश र थरुहटको माँगलाई सम्बोधन गर्ने गरी आन्दोलनमा सहभागिता जनाउँने जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट