News Category 2072/05/21

राजविराजमा बृहत धोती जुलुस प्रर्दशन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० भदौं । 
मधेशी मोर्चा सप्तरीको आयोजनामा आइतबार राजविराजमा बृहत धोती जुलुस प्रर्दशन गरिएको छ । 
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको सो धोती जुलुस नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । 
सो बिरोध सभामा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसीले मधेशीको हक अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभएको छ । 
उहाँले मधेशी जनतामाथि सदियौदेखि भईरहेको षडयन्त्रको बिरोधमा तथा मधेशी जनताको अधिकारका लागि अब सम्पुर्ण मधेशीहरु जागिसकेको बताउँदै भारतमा भएको स्वतन्त्रतताका लडाई जस्तै अहिले मधेश स्वतन्त्रताको लडाई जारी रहेको तथा अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । 
उहाँले नयाँ बन्ने संविधानमा मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि अब अब मधेशी जनताहरु गोली खान पनि पछाडी नहटने बताउनुभयो ।
एक अर्को प्रसङमा उहाँले चार दलले मधेश आन्दोनमा षडयन्त्र गरीरहेको आरोप लगाउँदै आन्दोलन तुहाउन सरकारले सेना परिचालन समेत सडकमा ल्याएर मधेशी जनतामाथी थप दमन गरिरहेको जिकरि गर्नुभयो । 
विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपाल क्षेत्र न. ३ का अध्यक्ष नवनित झा, केदार यादव, सद्भावना पार्टी एवं आन्दोलन परिचालन समितिका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रामसपाका प्रवक्ता बलराम यादव, शंकर यादव, काशीन्द्र राम लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट