News Category 2072/05/26

प्रहरीको गोली लागि जनकपुरमा तीन तथा जलेश्वरमा दुई जनाको मृत्यु मृत्यु भएका मध्येमा एक बालक, एक महिला तथा एक रेडक्रसकर्मी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ भदौं ।
संघीयता र सिमांकनको बिरोध गर्दै २८ दिनदेखी जारि आन्दोलनका क्रममा शुक्रबार कफर््युको अवज्ञा तोड्दै गाउँबाट प्रदर्शन गर्दै आएको समूह जनकपुर प्रवेश गर्न खोज्दा प्रहरीले गोली हानेपछि शुक्रबार तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा धनुषा जमुनियाका १४ वर्षीय निकु यादव, सद्भावना पार्टीका जिल्ला नेता धनुषा महेन्द्रनगरका ३५ वर्षीय सञ्जय चौधरी र धनुषा अरेरवाको दिलिप यादव रहेका छन् । तीनै जना मृतकको पुष्टि जनकपुर अञ्चल अस्पतालले गरेको छ ।
शुक्रबार दिउँसो आसपासको गाउँबाट आएको सर्वसाधारणको जुलुस जनकपुरधाममा प्रवेश गर्न लाग्दा प्रहरीले करिब ५ सय राउण्ड फायर गरेको छ । त्यस्तै साँझ पाँच बजेबाट धनुषालाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरिएको छ ।
यसैगरि महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर एक महिलासहित दुई जनाको को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु भएको हो । 
दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् । यस्तै प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति हुन् ।
यसैगरि अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएकी छिन् । प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
त्यस अघि सशस्त्र प्रहरीका असईको हत्या भएको थियो । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट