News Category 2072/05/28

दंगाग्रस्त क्षेत्रको अवज्ञा गर्दा रुपनीमा झडप, पाँच पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी बजारमा आईतबार साँझ आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ भने प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ । 
रुपनीमा स्थानीय प्रशासनद्वारा लगाईएको दंगाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । 
प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले अवस्थालाई साम्य पार्न झण्डै एक दर्जन हवाई फायर र अश्रृ ग्यास प्रहार गरेको थियो । 
यसैबिच प्रहरीले स्दभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिंगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, सद्भावनाका जिल्ला सचिव हरेराम यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव र नेकपा (माओवादी)का भगवती यादवलाई पक्राउ गरेको छ । यो समाचार तयार पार्दा सम्म रुपनीको अवस्था निकै तनावग्रस्त रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट