News Category 2072/06/06

सप्तरीमा तीन संसदको पुत्ला दहन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ असोज ।
सप्तरीको वभनगामा कट्टी गाविसमा मंगलबार तीन जना ब्यवस्थापिक संसदका सदस्यहरुको पुत्ला दहन भएको छ । 
स्थानीय आन्दोलनकारीहरुको अगुवाईमा सप्तरी क्षेत्र नम्बर २ का संसदहरु एमाओवादीका अशोककुमार मण्डल, नेपाली काूग्रेसका रञ्जित कर्ण र राप्रपा नेपालका गंगाप्रसाद यादवको पुत्ला प्रदर्शन गर्दै दहन गरेका हुन ।
आन्दोलनरत मधेसी मोर्चाको आन्दोलन गाउू–गाउूमा हुन थालेपछि मंगलबार उनीहरुको पुतला प्रदर्शन गर्दै दहन गरेका हुन् ।  
राजविराज–भारदह सडक अन्तर्गत पर्ने उक्त वभनगामा कट्टी गाविसको मन्सापुर सडक खण्डमा प्रदर्शनपछि संयुक्त रुपमा तीनै जना संसदको पुत्ला दहन गरियो । स्थानीय मधेसी मोर्चा सम्बद्ध गाउू स्तरीय कार्यकर्ताहरुले तीनै जना संसदलाई उक्त गाविसमा प्रवेशमा समेत रोक लगाउने निर्णय भएको स्थानीय मधेसी नेता लालु यादवले बताउनुभयो ।
यस्तै लगातार ३९ दिनदेखिको बन्दको कारण सप्तरीको जनजीवन तहसनहस बनेको छ । जिल्लाका शैक्षिक संस्था लगातार ठप्प रहूदा यहाूका लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भईरहेका छन् । राजविराजका सरकारी कार्यालय र बजार ब्यवसाय मंगलबार पनि ठप्प नै छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट