News Category 2072/06/14

भगवती पोखरी अलपत्र, छठ पर्व प्रभावित हुने संकेत

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असोज । 
हिन्दु धर्मावलम्वीहरुको महान चाड दैश, तिहार, छठपर्व नजिकिदै गर्दा पनि राजविराजको भगवति पोखरी अलपत्र र वेवारिसे अवस्थामा रहेपनि राजविराज नगरपालिकाले कुनै सक्रियता नदेखाएको आरोप लगाइएको छ । 
अल्पसंख्यक समुदाय स्वाभिमान समिति सप्तरीका संयोजक उमेश प्रसाद साहद्वारा बुधबार जारी विज्ञप्तीमा आधुनिकिकरणको नाममा भत्काएका पोखरीको संरचनाहरु हटाउन सकिएका छैन भने निर्माण कार्य लामो समयदेखि बन्द राखी अलपत्र र वेवारिसे अवस्थामा राखिएको पोखरीले छठ पर्व पनि प्रभावित हुने पक्का रहेको उल्लेख छ । 
यस्तै हस्ताक्षरित विज्ञप्तीमा नगरका मुख्य र भित्रि सडकहरु तथा नालाहरुको अवस्था पनि जिर्ण रहेका छन भने सामाजिक सुरक्षाको अवस्था पनि खस्कदै गएको जनाएको छ । 
यसैगरी मन्दिर, बाटोघाटोको सरसफाई तर्फ नगरपालिकाले कुनै चासो देखाउन नसक्दा नगर दुर्गन्धित बन्दै गएको जनाउँदै अर्कोतिर छाडा सुगुंर, भुस्याहा कुकुरले पनि नगरवासीलाई आतकिंत बनाउने गरेको छ भने नगरका कतिपय नाला निर्माण कार्य अधुरै छाडिएको छ भने हिन्दुहरुको महान एवं आस्थाको प्रतिक मानिएको छठ पर्वको पुजा स्थलको रुपमा प्रयोग गरिने भगवति मन्दिर पोखरी घाटलाई वेवारिसे बनाइएको जनाएको छ । 
त्यस्तै विगत डेढ महिना बढी दिनदेखि पुरै मधेश आन्दोलत रहेको अवस्थामा आन्दोलनरत पक्षको जायज माँग राज्यले संवोधन तथा समाधानको लागि सम्बन्धित निकायमा पहल गर्न जोडदार रुपमा माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट