News Category 2072/06/15

“लाखौंको सहभागितामा मानव साङ्लो”

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार आयोजना गरेको मानव साङ्लो कार्यक्रममा स्वस्फूर्त लाखौंको सहभागिता रहेको छ । 
मानवसागर कार्यक्रम अन्तर्गत पूर्वमा सप्तरीको कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीसम्म करिब ६० किलो मिटरसम्मको हुलाकी मार्गमा जनताहरुले आप्mनो अधिकार सुनिश्चितताका लागि सडकमा हाथमा हाथ मिलाउँदै हातेमालो कार्यक्रममा सहभागि भए । 
“घरसँ निकलु, हुलाकी सडक भरु” भन्ने मुल नाराका साथ मधेश तथा मधेशी समुदायको आत्मसम्मान, स्वभिमान, अधिकार स्थापित गर्नको लागि मधेशी मोर्चाले मेचीदखि महाकालीसम्म १ हजार ५ सय ५५ किलो मिटर मानव साङ्लो बनाएर विश्व किर्तिमान समेत कायम भएको छ । 
सप्तरीको पूर्वको कोशी ब्यारेजको २६ न.ढोका देखि पश्चिमको बलान नदीसम्म जिल्लाको विभिन्न गाउँ र टोलबाट हजारौ हजारको सहभागिता रहेको थियो । 
त्यस्तै सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न तराई मधेशका जिल्लाहरुमा जोडिएमा पुर्व–पश्चिम हुलाकी राजमार्गमा हातमा हात मिलाएर अर्थात हातेमालो गरेर राजमार्गमा उभिएको मोर्चाले जनाएको छ । मधेशी मोर्चा र थारु मोर्चाले संयुक्त रुपमा हुलाकी राजमार्गमा विशाल जनसमुदाय ओरालेर संसारकै सबभन्दा लामो मानव साङलो बनाएको थियो । 
यसैबिच विहिवार सप्तरीमा संयुक्त लोकतांत्रिक मधेशी मोर्चाले लाखौंको संख्यामा मानव साङलो शृंखला अर्थात मानव सागर कार्यक्रम अन्तर्गत हातेमालो कार्यक्रममा कोशी ब्यारेजदेखि बलानसम्म जनताले आफ्नो अधिकार पाउनुको लागि सडकमा हाथेमालो गरेका थिए । 
सो कार्यक्रम अन्तरगत स्थानीयवासीहरूले विभिन्न ठाउँमा चिया, विस्कुट, केरा, सर्वत लगायतका सामग्रीहरूबाट दिएर आन्दोलनकारीलाई स्वागत गरिएको थियो । सो कार्यक्रमका सहभागिहरुले मोदीको तस्बिरसहितको ब्यानर समेत लिएका थिए भने जय नेपाल, जय मधेश नारासहित लेखिएको टोपी समेत पहिरिएका थिए । यस्तै सो कार्यक्रममा स्वतन्त्र मधेश राष्ट्रको अभियानता डा. सीके राउतको पम्प्लेट समेत बाडिएको थियो । 
उक्त हातेमालो कार्यक्रम सप्तरी सहित मधेशका जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कंचनपुर सहितका जिल्लाहरुमा मेची–महाकाली मानव श्रृंखला (हातेमालो) कार्यक्रम गरिएको थियो । 
तराई मधेशका सबै जनता एक हो, हामी सबैको माग एउटै हो, थारु मधेशी एक हो, सरकारलाई देखाउन र विश्वमा मधेश परिचितका लागि सहभागिहरुले नारा समेत लगाएका थिए ।
यसभन्दा पहिले अहिले सम्मकै सबैभन्दा लामो मानव साङ्लो सन् २०१० मा बङलादेशमा बनेको थियो । उक्त मानव साङ्लो १ हजार ५० किमि लामो थियो ।मानव साङ्लोको बनाएर विश्वकै ध्यान मधेशको मुद्दातर्फ आकृष्ट गर्ने र मधेशको मुद्दासँग सबैलाई परिचित गराउने उद्देष्यले सो कार्यक्रम संचालन गरेको मोर्चाले जनाएको छ । जारि मधेश आन्दोलनको ४८ दिनमा बिहीबार जारी मानव साङ्लो बनाएर विश्व रेकर्ड कायम गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट