News Category 2072/06/20

आन्दोलन सशक्त बनाउने बारे सप्तरी सिरहाको संयुक्त बैठक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असोज । 
भारतीय सिमा नाकाबन्दी र राजमार्गलाई थप सशक्त बनाउने सम्बन्धमा मधेशी मोर्चा र थारु कल्याणकारी सभा तथा सिरहाका सम्पूर्ण मधेशवादी दलहरुको बैठक सिरहाको लहानस्थित रौनियार धर्मशालामा मंगलबार सम्पन्न भएको छ । 
मधेशी मोर्चा र थारु कल्याणकारीणी सभाबिच सप्तरीमा सोमबार कार्यगत एकतापछि राजमार्ग नकाबन्दीलाई सशक्त बनाउनको लागि सिरहा, धनुषा, सुनसरी, मोरङ र उदयपुरसँग पनि समन्वय गरी अगाडी बढाउनका लागि सो बैठक बसेको बैठकमा सहभागिता राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल जानकारी दिनुभयो ।  
सो बैठकमा मधेशी मोर्चा सप्तरीका विभिन्न नेता कार्यकर्ताका साथै थारु कल्याणकारीणी सभा र सिरहा सहित अन्य जिल्लाका मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । तथा सो बैठकले खासगरी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि सिमा नाकाबन्दी तथा राजमर्गालाई थप सशक्त बनाउने बिषयमा छलफल भएको थियो ।
सो बैठकमा मधेशी मोर्चा सप्तरीसँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका साथै सिरहाका विभिन्न मधेशवादी दलका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट