News Category 2072/06/25

दंगाग्रस्त क्षेत्र हटेपनि प्रहरीले मर्निङवाक गर्न निस्केका युवकसहित स्थानियलाई कुटे

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ असोज । 
दंगाग्रस्त क्षेत्र हटेको दुई दिनपछि आइतबार बिहान सप्तरीको कञ्चनपुर नगरपालिका ५ राजमार्गमा घुमफिर गर्न निस्केका एक युवकलाई प्रहरी निर्घात कुटपिट गरेको छ ।
कञ्चनपुर नगरपालिका–५ निवासी बालकिसुन मण्डलका १६ वर्षीय छोरा टुनानन्द मण्डललाई प्रहरीले कुटपिट गरेका हुन् । विहान ५ बजे बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने प्रहरीको कुटाइबाट मण्डलको हातमा गहिरो घाउ भएको छ ।
प्रहरीको कुटाईबाट घाइते भएका मण्डलले बिहान दंगाग्रस्त क्षेत्र हटेको सुनेपछि घुमफिर गर्न घरबाट आफू निस्कँदा प्रहरीले लट्ठीले र अन्य स्थानियलाई समेत निर्घात कुटपिट गर्नुका साथै आफुसँग रहेको नोकिया मोबाइल समेत खोसेको बताएका छन् ।
सोही विषयलाई लिएर सडकमा सर्वसाधरण कुटिएपछि आइतबार विहानैदेखि कञ्चनपुर नगरपालिकास्थित कञ्चनपुर बेरीयर तनावग्रस्त बनेको थियो । प्रहरी र प्रर्दशनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रदर्शनकारीले बेरियरस्थित नेपाल बैंकमा ढुंगामुढासमेत गरेका छन् ।
दुई दिन अघि मात्र दंगाग्रस्त क्षेत्र हटेपछि स्थानीय बजार खुल्न थालेपछि आइतबार पुनः  पसल, कलकारखाना समेत पूर्णरुपमा बन्द गरिएको छ । यसै क्रममा बेरियर चौकमा इलाका प्रहरी कार्यालय, कञ्चनपुरअगाडि मधेशी मोर्चासँग सम्बद्ध आन्दोलनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । 
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले कुटपिट गर्ने प्रहरी पहिचान गरी कारबाही गर्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट