News Category 2072/06/25

आजदेखी पाँच दिनका लागि बैंकहरु खुल्ने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ असोज । 
मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारदेखि पाँच दिनको लागि जिल्ला स्थितका बैंकहरु खोलाउने निर्णय गरेको छ । 
मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आईतबार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा सम्पन्न बैठकले चाडपर्वलाई दृष्टिगत गरी सर्वसाधारणको हितका लागि असोज २५ देखिदेखि २९ गतेसम्म पाँच दिनका लागि जिल्लास्थितका बैंकहरु खोलाउने निर्णय गरेको जनाएको छ । 
यस्तै सप्तरीको कंचनरुप नगरपालिकामा विद्यार्थीहरुमाथि प्रहरीले गरेको कुटपिट तथा दुव्र्यवहारको घोर भत्सर्ना गर्दै दोषी प्रहरी तथा घटनामा संलग्न अन्यलाई अविलम्ब कार्वाही गर्न मोर्चाले माग गरेको छ । 
साथै अधिकार प्राप्तिको आन्दोलनका अन्य कार्यक्रम जारी रहने जानकारी गराउँदै सदा झै सहयोगको अपेक्षा राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट