News Category 2072/06/26

फोरम लोकतान्त्रिकद्वारा आफ्नै पार्टीले गरेको सम्झौताप्रति आपत्ति

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २५ असोज । 
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिक बीच भएको ८ बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ । 
फोरम लोकतान्त्रिकका सप्तरी अध्यक्ष सत्यनारायण यादवद्वारा सोमबार जारि विज्ञप्तिमा सो आपत्ति जनाउँदै पार्टी भित्र कुनै छलफल नगरि भएको सम्झौता सम्पूर्ण मधेश थरुहट आन्दोलनलाई धोका भएको ठहर गरेको छ । 
जारि विज्ञप्तिमा सोमबार सप्तरीमा सम्पन्न जिल्लाको बैठकबाट सम्झौता धोका भएको ठहर गर्दै अविलम्ब सो कदम सच्याउन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भावनालाई उच्च मुल्याङ्कन गर्न पार्टी अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ । 
साथै विज्ञप्तिमा बैठकबाट जारि मधेश थरुहट आन्दोलनमा सम्पूर्ण पार्टी पक्ति उच्च मनोबलका साथ एकजुट भई लाग्न आग्रह गरेको उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट