News Category 2072/07/12

सप्तरीमा पहाडी समुदायद्वारा मधेश आन्दोलनप्रति एक्यबद्धता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ कात्तिक । 
जारि मधेश आन्दोलनप्रति सप्तरीका ब्राहमण, क्षेत्री, आदिवासी, जनजाती, दलित पहाडी समुदायले बुधबार राजविराजमा एक्यबद्धता ¥याली निकालेका छन् । 
मधेश आन्दोलनको बुधबार ७५ औं दिन सप्तरी जिल्लामा पहिलो पटक पहाडी समुदायले एक्यबद्धता ¥याली निकालेको हो । ¥यालीमा पहाडी र मधेशी भाइ भाई, मधेशी पहाडी एकता जिन्दावद लगायतका नारा लगाएका थिए ।
लामो समयदेखी मधेश बन्द रहदा मधेशमा सदिऔंंदेखी बसोबास गरेका पहाडीमूलकाबासी लगायत मधेशीहरु समेतले दुःख झेल्नु परेको भन्दै सरकारलाई यथोचित मधेशीको माग सम्बोधन गर्न माग गरेका छन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको एक्यबद्धता ¥याली राजविराज नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । 
सो बिरोध सभामा बोल्दै आदिवासी जनजाती महासंघका उदय श्रेष्ठले मधेशमा बस्ने सबै मधेशी जनता हुन् त्यसैले दुई महिना भन्दा बढी समयदेखी आन्दोलनरत मधेशी जनताहरुको माग पुरा गर्न सरकारसँग माग गर्नुभयो । त्यस्तै सभामा नेवाः समाज तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानले पहाडीमूलका बासिन्दाहरु सदिऔंदेखी मधेशमा बसिरहेको र उनीहरुको जन्मभूमि, कर्मभूमि समेत मधेश नै रहेकोले यही बसेर मधेशी जनताहरुसँग सहकार्य गरेर आन्दोलनमा एक्यबद्धता जनाएको धारणा व्यक्त गर्नुभयो । 
शिक्षक लक्षु परियारद्वारा संचालित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, भिम बहादुर तामाङ्ग, ब्राहमण समाजका जगदिश आर्याल लगायतका बक्ताहरुले आन्दोलनरत मधेशीहरुको जायज माग अविलम्ब सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट